२४ फागुन, नेपालगञ्ज । बाँके प्रशासनले नक्कली औषधि विक्रेतालाई पक्राउ गरि निजको नक्कली औषधि पसल समेत सिल गरेको छ ।
बाँके जिल्लाको डुडुवा गाउँपालिकाको वडा नं. ६ चौधरीपुर्वा भन्ने स्थानबाट नक्कली औषधि विक्रेतालाई पक्राउ गरि निजको नक्कली औषधि पसल समेत बाँके प्रशासनले सिल गरेको हो ।
विकास लखेर नाम गरेको निज नक्कली बिक्रेतासंग औषधि बिक्री गर्ने कुनै योग्यताको प्रमाण पत्र नरहेको तथा उनको पसल पनि प्रचलित कानून बमोजिम दर्ता नरहेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले जानकारी गराएका छन् ।
उक्त पसलमा रहेका ७५ प्रतिशत बढी औषधि म्याद गुज्रेका छ्न भने बाँकी औषधिहरुको उपयोग म्यादमा पनि हातैले ओभर राइट गरि थप गरिएको पाइएको
छ । अझ बरामद भएका केही औषधिहरु जस्तै भिगो ट्रिप्पल एक्स, डर्मिकेम, कम्बिनेसनमा भएका अन्य केही थप औषधिहरु नेपालमा उपयोग गर्न समेत निषेध गरिएको प्रकृतिका रहेका छ्न ।
औषधि व्यवस्था विभाग शाखा कार्यालय नेपालगञ्जसंग समन्वय गरि नक्कली औषधि बिक्रेता विकास लखेरलाई औषधि बिक्री बितरण सम्बन्धी प्रचलित कानून बमोजिम कारवाही गरिने प्रजिअ पोखरेलले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here