१४ असोज, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय, बाँकेले धार्मिक सद्भावमा खलल पु¥याउने कानून विपरीतका कुनै पनि गतिविधि नगर्न नगराउन सूचित गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्रबहादुर केसीद्वारा आइतवार जारी गरिएको सूचनामार्फत कुनै पनि व्यक्ति, संघ–संस्था वा सम्प्रदायले कसैको धार्मिक आस्थामा आँच पु¥याउने, धार्मिक विद्वेष फैलाउने वा कुनै धर्मको विरुद्ध हुने गरी कुनै पनि सामाजिक सञ्जालमा फोटो, लेख, रचना वा अन्य कुनै किसिमको संकेत नगर्न तथा जातीय, धार्मिक सद्भावमा खलल पु¥याउने कानून विपरीतका कुनै पनि गतिविधि नगर्न नगराउन सूचित गरिएको छ ।
कोही कसैबाट कानून विपरीतका यस्ता गतिविधि भएको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ तथा प्रचलित नेपाल कानून बमोजिम कडा कारवाही गरिने व्यहोरा समेत सूचनामार्फत जानकारी गराइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here