२७ माघ, नेपालगञ्ज । दोस्रो स्व. श्याम थापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा आयोजक जय किसान स्पोर्टस क्लब र बागमति स्पोर्टस क्लबले प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार बागमतिले सहारा क्लब इन्डियालाई २–१ ले पराजित गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर १ मैटहवा माविको खेल मैदानमा बागमतिका लागि सबिन गुरुङले दुई गोल गरे । उनले खेलको ३८औं मिनेट र ५२औं मिनेटमा गोल गरेका थिए । सहाराका लागि कपिल ढकालले ४९ औं मिनेटमा गोल गरेका थिए ।
गत बिहिबार भएको सेमिफाइनलमा कृष्ण क्षेत्रीले लगातार दोस्रो ह्याट्रिक गरेपछि आयोजक जय किसान स्पोर्टस क्लब दोस्रो स्व. श्यामथापा स्मृति फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको थियो ।
जय किसानले खजुरा युनाइटेडलाई ३–० ले पराजित गरेको थियो ।
अब प्रतियोगिताको फाइनल खेल आइतबार हुनेछ । जय किसान स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा नेपाल र भारतका गरी १३ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले एक लाख २१ हजार, उपविजेताले ६१ हजार सहित मेडल, प्रमाणपत्र र ट्रफी पाउने आयोजकले बताएका छन । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ६ हजार, सर्वाधिकगोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही ५ हजार रुपैयाँ मेडल, प्रमाणपत्र पाउने आयोजक जय किसान स्पोर्टस क्लबका महासचिव दिपु रानाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here