२१ कार्तिक नेपालगञ्ज। जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईले देशका लागि ठूलो योगदान दिएको ‘मारवाडी’ समुदाय राज्यबाटै हेपिएको बताएका छन्।
चुनावी अभियान अन्तर्गत बाँकेका विभिन्न क्षेत्र तथा समाजिक संघसंस्थाहरूसँग छलफल गर्ने क्रममा सोमबार नेपालगन्जका मारवाडी
समुदायका अगुवाहरूसँग भेटघाट गर्दै उनले यस्तो बताएका हुन्।
‘देशको आर्थिक मेरुदण्डका रूपमा रहेको मारवाडी समुदाय राज्यबाटै हेपिएको छ। यसको वकालत मैले पक्कै गर्नेछु। त्यसमा पनि अझ
नेपालगन्ज क्षेत्रमा रहेर व्यापार व्यवसाय र उद्योगधन्दा गर्नेहरू अझ धेरै समस्यामा छन्’ उनले भने ‘नेपालगन्जको व्यापार व्यवसाय
प्रवर्द्धनका योजनाहरूमा पनि मैले काम गर्नेछु र नीति निर्माणका लागि राज्यको माथिल्लो तहमै मैले पहल गर्नेछु।’
उम्मेदवार राईले आफू कुनै धर्म, सम्प्रदाय वा जाति विशेषको मुद्दामा सिमित नभएर यो क्षेत्रको विकास र समृद्धिका लागि मात्रै
लडिरहेको पनि बताए।
‘यो जातजाति, धर्म सम्प्रदाय वा धर्मको नाममा नागरिकलाई विभाजन गर्ने समय होइन’ उनले भने ‘चुनावको बेला भनेको विकास र
यस क्षेत्रका नागरिकको समृद्ध जीवन कसरी बनाउने भनेर बहस गर्ने बेला हो। यसका लागि म कुनै पनि उम्मेदवारसँग बहस गर्न तयार
छु।’
राईले आफूले कसैलाई भ्रममा राखेर झुटा आश्वासन र जनतालाई पूरा नहुने सपना नबाँड्ने पनि बताए। त्यसका लागि आफूले गरेका
कामहरू र आगामी दिनमा गर्ने कामहरूको ठोस योजना बोकेर चुनावी मैदानमा उत्रिएको पनि उनले प्रस्ट पारे।
‘हामी कत्ति पनि दिग्भ्रमित छैनौं र नागरिकलाई भ्रममा पनि राख्दैनौं। हामीले सकेको र गरेका कामहरूको सूची मतदाताका हातहातमा दिएका छौं। आगामी योजनाहरू पनि दिनेछौं’ उनले भने ‘कम्तीमा राम्रो कामलाई राम्रो भन्न सकौं। अरूलाई नराम्रो देखाउँदैमा आफू राम्रो भइँदैन।’
भेटघाट कार्यक्रममा प्रदेशसभाका उम्मेदवार आदेशकुमार अग्रवालले यहाँको विकास र समृद्धिका लागि काम गर्नसक्ने र सम्भावना
बोकेका उम्मेदवारहरूलाई मतदान गर्न आग्रह गरेका थिए।
भेटघाटमा जुटेका मारवाडी समुदायका अगुवाहरूले यो क्षेत्रको विकास गर्नसक्ने र त्यसका लागि निरन्तर लागिपरेका उम्मेदवारलाई
भोट दिन क्षेत्र नं. २ का वासिन्दालाई आग्रह गरेका थिए। उनीहरूले जाति, धर्म र समुदायका नाममा जनतामा भ्रम छरिरहेकाहरूलाई
नजिकिइरहेको चुनावबाट पाखा लगाउन पनि अपिल गरेका थिए।
उक्ट भेटघाट कार्यकमा मारवाडी समुदायका अगुवा रमेश गोयल, अजयकुमार टण्डनलगायतले उम्मेदवार राईलाई शुभकामना
दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here