नेपालगन्ज– राप्तीसोनारी गाउँपालिकामा कृषकहरुलाई दुई दिने पशु स्वास्थ्य उपचार सम्बन्धी तालिम दिइएको छ । राप्तीसोनारी वडा नम्बर ८ मा अवस्थित कृषकलाई साना किसान कृषि सहकारी संस्था महादेवपुरीले कृषकहरुलाई उक्त तालिम दिइएको हो ।

पशुलाई सामान्य समस्या देखिँदा उपचार सम्बन्धी ज्ञान नहुँदा यहाँका किसानलाई धेरै सास्ती बेहोर्नु परेको छ । सोही कुरालाई मध्यनजर गर्दै संस्थामा आबद्ध कृषकहरुलाई सो तालिम दिएको संस्थाका मुख्य प्रबन्धक हरिशचन्द्र केसीले जानकारी दिए । तालिम प्राप्त कृषकले जीविको पार्जन र व्यवसायिक रुपमा गरेको पशुपालनमा धेरै टेवा पुगेको प्रतिक्रिया दिएका छन् । उनीहरुले सामान्य रोगको उपचार अब घरमै गर्न सकिने भएकाले अब पशुमा सामान्य किसिमको रोग देखिए अन्यत्र भौँतारिनु पर्ने समस्याबाट मुक्ति मिलेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here