बांके । नेपालगन्ज उपमहानगरपालिका वडा नं।८ त्रिभुवन चौकमा ११ औं रा–वन दहन कार्यक्रमको आयोजना गरिएको छ ।

शुक्रवार साझ ६ बजेको समय बिबिध कार्यक्रमको बीच रा–वन दहन गरिएको हो ।

यस स्थानमा १० बष अघि स–साना बच्चाहरुले मिलेर आफै दशानन रावणको पुत्ला बनाउने गर्थे जुन आजसम्म निरन्तर रुपमा चल्दै आएको छ । यस बर्ष ११ औं पटक रा–वन दहन कार्यक्रमको आयोजिना गरिएको छ ।

शुक्रवार साझ ५ बजे तर्फ राम,लक्ष्मण र हनुमानलाई रथमा बसाई बाजा गाजासहित नगर परिक्रमा गराइएको थियो । ससससो पछि कार्यक्रम स्थलमा लठ्ठी खेलको प्रर्दशन गरियो । कार्यक्रममा ने।ग।उ।म।न।पा।वा।नं।८ का बडा अध्यक्ष्ँ सुरेन्द्र कुमार बैश्य,वडा।नं।७ का वडा अध्यक्ष्ँ जुम्मन खां,समाज सेवी बिजय कुुमार बैश्य,कसौधन बैश्य समाजका नि।अध्यक्ष सुनील कुमार बनिया९पप्पु पन्नी० लगायतको उपस्थिती रहेको थियो ।

यस बर्ष बच्चाहरुले गर्ने रा–वन दहन कार्यक्रममा सर्वसाधारणहरुको उल्लेख्य रुपमा भिडभाड रहेको थियो । यसको कारण हो कोरोनाको अगाडी रामलीला ंसंचालक समितिले गत बर्ष २०७७ मा पनि रामलीला कार्यक्रमको आयोजन गरेको थिएन ।

यस पालि पनि त्यो असक्षमता र कोरोनाको बहानामा रामलीला कार्यक्रमको आयोजना गरेन तर कोरोनाको अगाडी बडा।नं।८ त्रिभुवन चौकको पूर्वलाईनका बच्चाहरुले आफ्नो हात माथि उठाएनन साहसपूर्ण ढंगले उनीहरुले शुक्रवार दिन बिहान जय श्रीराम शक्ति दल ,जय श्रीराम व्यामशाला, जय श्रीराम स्पोर्टस क्लवको सहयोगमा माता बागेश्वरी मन्दिरमा शस्त्र पुजा गरे ।यिनीहरु महिनौ देखी जयश्रीराम व्यामशालामा लठ्ठी खेलको प्रशिक्षण लिइन्दै रहे । उनीहरुले बैदिक परमपराको निर्वाह गर्र्दैै ११ आंै रा–वन दहन कार्यक्रमको आयोजन सफलता पूर्वक सम्पन्न गरे ।

रा–वन दहन कार्यक्रमको समय त्रिभुवन चौक परिक्षेत्र १ पटक पुन जयश्रीरामको नाराले गुन्जायमान भएको छ । शनिवारको दिन माता दुर्गाको प्रतिमा बिसर्जन कार्यक्रममा जयश्रीराम शक्ति दल,अर्जुन शक्ति केन्द्र, जय भवनी लठ्ठी क्लव ,ज्वाला लठ्ठी क्लवलगायतहरुले लठ्ठी खेलको प्रदर्शन गर्ने छन । लठ्ठी खेलको प्रारम्भ दशकौ अघि नेपालगन्जमा शिवसेना नेपालले सुरुवात गराएको थियो । यसको लागी त्यसले वडा।नं।८ काली माई मन्दिरमा दलको गठन गराएको थियो । लठ्ठी खेलको विकासको लागि त्यसले भारतबाटनेम चन्द आर्य नामको व्यक्तित्वलाई अतिथीको रुपमा बोलाई लठ्ठीखेलको संस्थापक बनाएको थियो

आर्यले नेपालगन्जको बिभिन्न दर्जनौ स्थानमा आंखामा पट्टी बांधी धनुष बाढले मसिने धागो लाई भेदने कार्यक्रमको आयोजना गरेकोले लट्टी खेलले प्रोत्साहन पाएको थियो ।

यो लट्टी खेललाई अगाडी बढाउने कार्य बर्तमान समय राज कुमार आर्य ९राजु०ले आजसम्म गर्दै आएकोले लट्टी खेलका बिद्यार्थीहरुउनीलाई लट्टीको गुरु मानेका छन ।

यस पटक पुनः रामलीला ंसंचालक समितिले रामलीला कार्यक्रमको आयोजन नगर्दा यहांको सर्वसाधारण निराशा थियो तर बच्चाहरुले रा–वन दहन कार्यक्रमको आयोजन गरे पछि यहांको वातावरणमा हर्षोल्लास छाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here