• रमेश चन्द्र कुमाल
    नेपालगञ्ज/पहिलो र दोस्रो लहरको कोरोनाले ठूलो मानवीय क्षति पुगाई सकेपछि अब तेस्रो लहरको कोरोना छिट्टै आउने सम्भावना बढेको छ ।
    यसले अति खतरनाक ढंगले आफ्नो उपस्थिति जनाई सकेको छ यस कारण खुल्ला सिमानाको कारण यो कोरोना देशमा फैलिने अनुमान गर्न थालिएको छ ।
    तेस्रो लहरको यो कोरोना असोज महिनादेखि फैलिन सक्ने सम्भावना रहेको देखिन्छ यो फरक फरक लक्षणको रुपमा देखा पर्न सक्छ ।
    पहिलो र दोस्रो चरणको कोरोनाको लक्षण एकै जस्तो थियो तर अब असोजतर्फबाट फैलिन सक्ने यो कोरोनाको विभिन्न भेरियन्ट हुन सक्ने छ तर यो कोरोनाबाट विशेष रुपमा बच्चाहरु बढी प्रभावित बन्न सक्ने भनाई वैज्ञानिकहरुको रहेको छ ।
    तेस्रो लहरको यो कोरोना असोजतर्फबाट फैलिने अनुमान रहेपनि यो कहिले आउँछ, कहाँबाट आउँछ, कसरी आउँछ स्पष्ट जानकारी कसैलाई पनि छैन ।
    हुन सक्छ यो नआओस् तर पनि तेस्रो लहरको कोरोना आउने कुरामा सबै वैज्ञानिकहरु एक मत रहेको देखिन्छन् ।
    असोज महिना भन्दा अगाडि र असोज महिना पछि पनि आउन सक्छ यस कारण यो तेस्रो लहरको कोरोनाबाट आफू पनि बच्ने अरुलाई पनि बचाउन सबै अहिलेदेखि नै सचेत र सजग हुनुपर्ने जरुरी भई सकेको छ । किनकी व्यक्तिलाई आफ्नो जीवन भन्दा आफ्नो भावी सन्ततिहरु धेरै प्रिय
    हुन्छ ।
    अहिले तेस्रो लहरको कोरोनाबाट बच्चाहरुको भविष्य नै खतरामा पर्न सक्छ यस कारण अब तेस्रो लहरको कोरोनाको प्रभावलाई निस्तेज पार्नु सबैको कर्तव्य हो ।
    अहिले बाँके जिल्लामा कोरोनाको संक्रमण केही घट्दै नै व्यक्तिहरुले मुखमा मास्क लगाउन छाडेका छन् । बजार व्यक्तिले भरिभराउ छ सामाजिक दूरीको पालन गर्न छाडिएको छ यसबाट यहाँ अब कुनै पनि समय कोरोनाको संक्रमण पुनः तिव्रतम ढंगले फैलिने खतरा छ ।
    कोरोनामाथि नियन्त्रण पाउन प्रमुख अस्त्र हो भ्याक्सिन अहिले सबै जनालाई भ्याक्सिन लगाउन नसकिएकोले खतरा धेरै छ किनकी कोरोना कहिँ गएको छैन हामीहरुको आसपासमा नै छ थोरै मात्र सावधानी हटे यसको संक्रमण फेरी फैलिन सक्छ । जति मानवीय क्षति कोरोनाको पहिलो र दोस्रो लहरमा भएको थिएन यो तेस्रो लहरको कोरोना विगत भन्दा बढी मानवीय क्षति गर्न सक्छ यस कारण आ-आफ्नो बच्चाको जीवन खतरामा नपार्न सबैले अनिवार्य रुपमा मास्क लगाउने, सामाजिक दूरीको पालना गर्ने आफ्नो दायित्व निर्वाह गर्दै रहौं यसो नगरिए तेस्रो लहरको कोरोनाले सबैलाई नै त्राहिमाम पार्न सक्छ ।
Coronavirus disease (COVID-19) information centre | UNICEF Bangladesh

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here