२५ जेठ, नेपालगञ्ज । जिल्ला प्रशासन कार्यालय बाँकेले तातो हावा तथा लू बाट बच्न सतर्कता अपनाउन बाँके जिल्लावासीमा अनुरोध गरेको छ ।
जल तथा मौसम विज्ञान विभागद्वारा जारी सूचना अनुसार देशको तराईका भूभागहरुमा आगामी पाँच दिनसम्म तातो हावा तथा लू को सम्भावना देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले अनुरोध गरेका छन् ।
तातो हावा तथा लू बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसेशी दुख्ने, बान्ता आदि समस्या हुन सक्छ । तातो हावा तथा लू बाट बच्न बढी गर्मीको समयमा घरभित्र चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, हल्का तथा सुती लुगा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, नियमित पानी तथा झोल पदार्थ जुस, सर्बत आदि प्रशस्त मात्रामा पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिन अपिल गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here