२४ श्रावण, नेपालगञ्ज । कर्बलाका शहीदहरुको सम्झनामा मनाइने इस्लाम धर्मावलम्बीहरुको महान पर्व मोहर्रम आज ताजिया विसर्जनसँगै सम्पन्न हुने भएको छ ।
गत आइतवारदेखि शुरु भएको मोहर्रम पर्व अन्तर्गत धार्मिक प्रवचन, मेहँदी जुलुस प्रदर्शन, आलम र मातम जुलुस, आगोको मातम, भाकल राखी पायक भर्ने, ताजियादारी र विभिन्न किसिमको झाँकीको आयोजन गरी सोमवार राती जाग्राम बसेर आज सो ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिले आज बाजागाजा, झाँकी, मातम, लठ्ठी कला प्रदर्शन लगायतको कार्यक्रम गर्दै नगरभरि स्थापित गरिएका ताजिया फुल्टेक्राको कर्बला मैदानमा विसर्जन गर्ने कार्यक्रम रहेको बताएको छ ।
समितिले मोहर्रम पर्वका सम्पूर्ण कार्यक्रम शान्तिपूर्ण ढंगले सम्पन्न गराउनका लागि आवश्यक सुरक्षाको व्यवस्था मिलाइ दिन प्रहरी प्रशासन लगायत सम्पूर्ण नगरवासीसँग अनुरोध गरेको छ ।
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदका नाती हजरत इमाम हुसैन सहित उहाँका परिवार सदस्य आफन्त र उहाँका साथी लगायतकाहरुको शताब्दीयांै अघि ईराकको कर्बलामा शहादत प्राप्त गरेको स्मरणमा मोहर्रम पर्व मनाइ“दै आइएको छ ।
यो पर्व लगातार दस दिनसम्म विभिन्न कार्यक्रम गरि मनाइने गरिन्छ ।
मोहर्रम पर्वमा मुस्लिम समुदायका सुन्नी समुदाय नयाँ वर्षको अवसरमा खुशियालीका साथ मनाउने गर्छन् भने मुस्लिम समुदायका शियाहरु यसलाई दुःखको रुपमा मनाउँदै आएका छन् ।
शताब्दीयौं अघि ईराकमा यजीद शासकको सेनाले हजरत इमाम हुसैन सहित उनीको परिवार सदस्य, आफन्त र अन्य कैयन साथीहरुको नृशंसतापूर्वक नरसंहार गरेका थिए ।
विश्व भरी नै विभिन्न तरिकाले मनाइने गरिएको यो मोहर्रम पर्व नेपालगञ्जमा पनि शताब्दीयौंदेखि मनाइँदै आएको छ ।
,,,,

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here