नेपालगंज – राप्रपा निकट तराई मधेसी महिला मोर्चाको २१ जना कार्यसमिति गठन तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको मधेसी महिला मुस्लिम महिला लाई जागरुक तथा नेतृत्व विकासको लागि २१ सदस्यीय नगर कार्यसमिति गठन तथा पार्टी प्रवेश कार्यक्रम विहिबार भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि डा.धवल समशेर राणाले सो अवसरमा बोल्दै काङ्ग्रेस, कम्युनिष्ट असफल साबित भएको दाबी गर्दै भने–अब मुलुकलाई सहि दिशामा लैजानको निमित्त राप्रपालाई बलियो शक्तिको रुपमा स्थापित गर्न आवश्यक रहेको छ र सबै आफ आफ्नो ठाउँ बाट संगठन मजबुत र सुदृढ गर्न आग्रह गर्नु भएको थियो ।

अबको आउने दिनहरूमा मदेशी महिलाहरूले नेतृत्व गर्नु पर्छ र अब सबै आउने अवसर नगुमाउन आफै सक्षम हुने बताउनु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here