नेपालगन्ज– दिनप्रतिदिन कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जनजीवन प्रभावित भएको छ । जनचेतना अभावमा मानिस बाहिर निस्कँदा मास्क बिनै निस्कने समस्या समाधान गर्न राप्तीसोनारी गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनकबहादुर थारु सडकमा उत्रिएका छन् ।

कोभिड–१९ सचेतना अभियान अन्तर्गत २ मिटरको भौतिक दूरी कायम गर्न आह्वान गर्दै वडाअध्यक्ष थारु सडकमा उत्रिएका हुन् ।

वडा अध्यक्ष थारु र प्रहरी चौकी फत्तेपुर (ख) ले संयुक्त रुपमा कोभिड १९ बाट जोगिन अनिवार्य रुपमा माक्स लगाउन,  अनावश्यक रुपमा भिडभाड नगर्न,  घर बाहिर निस्कनै पर्ने भए सामाजिक दूरी कायम राख्न, न्युनतम स्वास्थ्य मापदण्ड पालना गर्न  र निशेधाज्ञाको पूर्ण रुपमा पालना गर्न वडावासीलाई आग्रह गरेका थिए ।

जथाभाबी रुपमा हिँडिरहेका स्थानीयलाई सम्झाइ बुझाइ गरेर आइन्दा अनावश्यक रुपमा घर बाहिर ननिस्कन अनुरोध गरिएको वडा अध्यक्ष थारुले बताए ।

वडाअध्यक्ष थारुका अनुसार राप्तीसोनारी ६ निवासी समाजसेवी युवा संजय राणा ठकुरीले २०० पिस माक्स सहयोग गरेका छन् । माक्सबिनै सडकमा आवतजावत गरिरहेका स्थानीयलाई उक्त माक्स वितरण गरेर अनावश्यक रुपमा घर बाहिर ननिस्कन आग्रह गरिएको थारुले बताए । यसका साथै कोरोना भाइरसविरुद्ध सचेतनामूलक सन्देश माइकिङद्वारा प्रवाह गरिएको अध्यक्ष थारुले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here