१८ पौष, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले हार्दिक समवेदना प्रकट गरेका छन् ।
डुडुवा गाउँपालिका ३ नं. का वडा अध्यक्ष आमोद तिवारीकी ममतामयी आमा कमलादेबी तिवारीको निधनप्रति शोक व्यक्त गर्दै तिवारीको असामयिक निधन भएको घटनाप्रति गाउँपालिका स्तब्ध भएको उनले जनाएका छन् ।
गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीद्वारा आइतवार जारी गरिएको शोक वक्तव्यमार्फत यस दुःखद घडीमा दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति धैर्यधारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक समवेदना प्रकट गरिएको छ ।
वडा अध्यक्ष आमोद तिवारीकी ममतामयी आमा कमलादेबी तिवारीको २०७९ पुस १४ गते विहीबारका दिन ७२ वर्षको उमेरमा निधन भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here