२० कार्तिक, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका अन्तर्गत राप्ती नदीमा शवदाह घाट निमाणर््ा भईरहेको छ ।
डुडुवा गाउँपालिकाले वार्ड नंं.५ स्थित राप्ती नदीको पुल नजिकै शवदाह घाट निर्माण गराउन लागेको हो । जिल्लाका विभिन्न स्थानबाट शव जलाउन आउने मलामीहरुका लागि बस्ने हल, काठ दाउरा राख्ने स्टोर, खानेपानी धारा र शौचालय निर्माण गरिएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । उनका अनुसार राप्ती नदी सिधानिया घाट व्यवस्थापनका लागि पालिकाले भौतिक पुर्वाधार निर्माण शुरु गरेको छ ।
आगामी दिनमा यस घाटलाई थप व्यवस्थित बनाउनका लागि जग्गाको व्यवस्थापन, विद्युतीय शव दाह गृह निर्माण, क्रियापुत्री घर, स्नान घर, सर्वसाधारणलाई नहाउनका लागि घाटलगायतका संरचना निर्माण गर्ने योजना रहेको अध्यक्ष चौधरीले बताए ।
गाउँपालिकाको रु ४२ लाखको सहयोगमा डुडुवा–५स्थित राप्ती घाट व्यवस्थापन उपभोक्ता समितिमार्फत निमार्णको कार्य भईरहेको पालिकाका इन्जिनियर सुरेन्द्र बर्माले बताए
उनले नदीको छेउमा पानी भरेका कारणले शवदाह गृह निर्माण गर्न ढिलाई भएकोले अब केहीदिनभित्र निर्माणको कार्य सम्पन्न हुने बताए । उनका अनुसार नदीको छेउमा कंक्रिट वाल लगाई माटो पटान गरि पक्की शव जलाउनका लागि शबदाह निर्माण गरिनेछ ।
शवदाह निर्माणका लागि स्थानीय उदयराज यादव, गंगाराम यादव, राजकिशोर यादव र तिलकराम यादवले १२ कठ्ठा ६ धुर जग्गा दान गरेको उपभोक्ता समितिका अध्यक्ष बेलबहादुर बोहराले बताए ।