७ चैत्र, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिकास्तरीय वार्षिक परिक्षा संचालन भईरहेको छ । २०७९ सालको वार्षिक परिक्षा चैत २ गतेदेखि शुरु भएको डुडुवा गाउँपालिका शिक्षा शाखा प्र्रमुख सञ्जय कुमार कर्णले बताएका छन् । उनका अनुसार परिक्षामा कक्षा एकदेखि ९ कक्षासम्मका करिब दुई हजार भन्दा बढी विद्यार्थीहरु सामेल भएका छन् ।
डुडुवामा सामुदायिक विद्यालय १६ वटा, मदरसा १७ वटा, गुरुकुल १ वटा र बोर्डिङ्ग ९ वटा रहेका छन् । कक्षा ८ को बोर्ड परिक्षाको निरिक्षण समेत गरिएको छ । डुडुवा गाउँपालिकाका उपाध्यक्ष शाहिदा बानो, शिक्षा शाखा प्रमुख कर्णलगायतको टोलीले परिक्षा संचालन भईरहेको विद्यालयको निरिक्षण गरेका छन् ।
मंगलबार डुडुवा ५ डलैपुर विद्यालयमा संचालित परिक्षाको अनुगमन गर्दै पालिकाका उपप्रमुख बानोले सबै विद्यालयमा मर्यादित रुपमा शान्तिपुर्वक परिक्षा भईरहेको बताइन् । चैत १० गतेसम्म संचालन हुने परिक्षा विहान ८ बजेदेखि शुरु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here