२८ बैशाख, नेपालगन्ज । बाँकेको बाढी प्रभावित क्षेत्र डुडुवाको रामनगर पाझामा आकस्मिक आश्रयस्थल निर्माण शुरु भएको छ ।
नेपाल सरकार सघन शहरी तथा भवन निर्माण आयोजना कार्यालय नेपालगन्जमार्फत आश्रयस्थल निर्माणको कार्य शुरु भएको हो ।
पाझा गाउँमा शनिबार एक कार्यक्रमका विच डुडुवा गाउँपलिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले उक्त भवनको शिलान्यास गरे । बाँके जिल्ला कै सबै भन्दा बढी प्रभावित क्षेत्र अन्तर्गत रहेका गाउँका बाढीपिडितलाई बाढी, डुबान तथा कटानको बेला आकस्मिक रुपमा आश्रयस्थललाई प्रयोग गर्न सहज हुने अध्यक्ष चौधरीले बताए । उनले आकस्मिक भवनले स्थानीयलाई विपद्को बेला र अन्य कुनै पनि सार्वजनिक कार्यका लागि उक्त भवन उपयोग गर्न मिल्ने बताए ।
पहिलो चरणमा ढेड तल्लाको स्ट्रक्चर (संरचना) मात्र बन्नेछ भने फिनिसिङको काम पछि गरिने आयोजना कार्यालय नेपालगन्जका इन्जिनियर बसन्ता बुढाथोकीको भनाई छ । उनका अनुसार ठुलो हल, दुई कोठा, शौचालय, भान्सा निर्माण हुनेछ । रु १ करोड १८ लाख ९७ हजार ५५५ को लागतमा सञ्जय निर्माण सेवा हेटौडाले २०८२ असार १५ गतेसम्म निर्माण गर्ने गरि सम्झौता भएको छ ।
शिलान्यास कार्यक्रममा डुडुवा गाउँपालिका वार्ड नं. २ का अध्यक्ष दुर्गाप्रसाद बर्मालगायतको सहभागिता रहेको थियो । गाउँपालिकाले बाढी प्रभावितहरुका लागि करिब आधा दर्जन आश्रय स्थल निर्माण गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here