६५ करोड बढीको बजेट सार्वजनिक
५ पौष, नेपालगञ्ज । विगत लामो समयदेखि रोकिएको डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०७९।०८० को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ ।
गाउँपालिकाको सोमबार बसेको १२औं गाउँसभाले एक वटा विधियेक, नीति तथा कार्यक्रम र रु ६५ करोड ३१ लाख ९३ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।
गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निमार्ण लगायतका १८ बुंदे महत्वपूर्ण निती तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
कन्या मुद्दती शिक्षा योजना, संस्कृत भाषा, अवधी भाषा र उर्दु भाषाको संरक्षण र संवद्र्धनको लागि मातृभाषाका गुरु÷शिक्षक÷सहजकर्तामार्फत मातृभाषाको संरक्षण र विकासमा जोड, एस.ई.ई उत्तीर्ण डुडुवा गाउँपालिकाका सबै छात्राहरुलाई प्रति छात्रा एउटा साइकल प्रदान गरी थप अध्ययनको लागि प्रोत्साहित, बाल उद्यानको स्थापना, तलाउ तथा पोखरीको संरक्षण,पिकनिक स्पटको निर्माण, राप्ती नदी र डुडुवा खोलामा डुंगा तथा ¥याफ्टिङ्ग संचालन तथा प्राचिन मठ, मन्दिर, मस्जिद, गुम्वा, चर्च एवं गुरुद्वाराहरुको संरक्षण, मर्मत संभार तथा पुनर्निर्माण गरी पर्यटकीय क्षेत्रहरुका विकास, राप्ती नदी किनारमा स्नानघर र आर्यघाट व्यवस्थितरूपमा संचालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण, आवधिक योजना, क्षेत्रगत योजना, रणनीतिक योजना र गुरु योजना कार्यान्वयन मार्फत गाउँपालिकाको समग्र विकास, घरघरमा डुडुवा सरकारको अवधारणा कार्यान्वयन गर्न घर घर स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरीकसँग गाउँपालिका अध्यक्ष कार्यक्रम, घरघर पशुसेवा कार्यक्रम, वडा वडामा प्रयोगाशाला सुविधा, टोलटोलमा घटनादर्ता अभियान र मालपोत संकलन अभियानलाई निरन्तरता नीति तथा कार्यक्रम प्रस्तुत गरिएको हो ।
यसैगरि ’ग’ र ’घ’ वर्गका अशक्त अपांगहरुलाई त्रैमासिक रुपमा सामाजिक सुरक्षा भत्ता, गाउँपालिकाको वनकट्टीमा नवनिर्मित प्रशासनिक भवनबाट सेवा प्रावाहलाई नियमित सहज, सूचना प्रविधिमैत्री, अशक्तमैत्री र सेवाग्राहीमैत्री, भूमिहिन सुकुमबासी तथा अब्यवस्थित बस्तीलाई प्रचालित भूमिऐन बमोजिम कार्य प्रक्रिया अगाडी बढाउने, बाढी र डुवानको उच्च जोखिममा रहेको वस्तीहरुमा तटबन्धनको व्यवस्था, डुडुवा गाउँपालिक वडा नं. ६ महाउत टोलमा सात सय मेट्रिक टन क्षमताको कोल्ड स्टोर निर्माण चालु आ.व. मै सम्पन्न गरि किसानहरुको आलु विउ भण्डारण र तरकारी तथा फलफूल भण्डारण आत्मनिर्भरमा बनाईनेछ ।
साथै डुडुवा–२ मा स्थापना भएको बिउ भण्डारण तथा प्रशोधन केन्द्रलाई संचालन, पशुपती मा.वि. नौरीगौडीमा गा.पा. स्तरीय क्याम्पस स्थापनाको लागी जग्गा प्राप्तीको आवश्यक प्रवन्ध गरिनेछ । साथै डुडुवामा रहेका सबै सामुदायिक बिद्यालयहरु र बालविकास केन्द्रहरुमा अग्रेजी माध्यमबाट पाठपाठन सिकाई कार्यमा जोड दिनेछ । प्रयोगशाला नभएका वडाहरु वडा नं १, ३ र ४ मा क्रमशः प्रयोगशाला स्थापना गरिनेछ र न्यूनतम दरमा सवै डुडुवावासीहरुलाई वडास्तरमा स्वास्थ्य परिक्षणको पहुचमा वृद्दि गरिनेछ ।
कृषि बालीमा लाग्ने रोग किरा नियन्त्रण गर्न आवश्यक विषादी निःशुल्क रुपमा वितरण कार्यलाई निरन्तरता, कृषिको उत्पादन क्षेत्र विस्तार गर्न अन्य निकायसमेतको सहकार्यमा सिंचित क्षेत्रमा विस्तार गरिनेछ । उन्नत पशु स्रोत केन्द्रको विकास गर्न कृत्रि गर्भाधान कार्यक्रमबाट नश्ल सुधार गरि कृषकको आम्दानीमा वृद्धि गर्ने लगायत रहेको छ ।
सचिव तथा प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद पौडेलले संचालन गरेको सभामा गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वरी कुर्मी, दुर्गाप्रसाद बर्मा, आमोद तिवारी, सगिर खाँ, झंकबहादुर थापा र मोहनराम मिश्र, सम्पूर्ण वडासदस्य, कार्यपालिका सदस्य लगायत सबैको सहभागिता रहेको थियो ।
आर्थिक वर्ष सुरु भएको पाँच महिनापछि डुडुवा गाउँपालिकाले सोमबार आफ्नो १२औं गाउँसभा गरेको छ । यसअघि समयमा गाउँसभा नहुँदा सबै सेवा ठप्प भएका थिए ।
सोमवार प्रस्तुत नीति तथा कार्यक्रम र बजेटमाथि थप छलफल गर्न आज मंगलबार दिउँसो पुनः बैठक बस्ने गाउँपालिका अध्यक्ष चौधरीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here