४ असोज, नेपालगञ्ज । बाँके डुडुवा गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतमा कृष्णप्रसाद पौडेल आउनु भएको छ ।

लामो समयदेखि रिक्त रहेको उक्त पदमा नयाँ आउनु भएका प्रमुख प्रशासकिय अधिकृत पौडेलले मंगलवार कार्यालयको प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु भएको छ । मंगलबार एक कार्यक्रमबिच गाउँपालिका उपाध्यक्ष शाहिदा बानो, लेखा प्रमुख रामबहादुर केसी लगायत कर्मचारीले पौडेललाई स्वागत गरेका छन् । यस अघिका प्रमुख प्रशासकिय अधिकृत परशुराम उपाध्यायको अन्यत्र सरुवा भएपछि रिक्त रहेको उक्त पदमा नयाँ प्रमुख प्रशासकिय अधिकृतमा पौडेल आउनु भएको हो ।

कार्यालयको जिम्मेवारी सम्हाल्दै पौडेलले कानूनले दिएको अधिकारभित्र रहेर आफनो जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता गर्दै दैनिक प्रशासनका काम कारवाही प्रक्रिया अघि बढाउने बताउनुभयो । पौडेल यस भन्दा अघि जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासकिय अधिकृत र वाणिज्य कार्यालयका प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here