२४ चैत, नेपालगन्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी नगर कार्य समितिको आव्हानमा शनिवार वि.पी. चोकमा भएको राँके जुलुस कार्यक्रममा निर्वाचित पूर्व प्रधानमन्त्री स्व. वि.पी. कोइरालाको शालिकमा कपडाले मुख छोपिएको तस्वीर भाइरल भएकोले उक्त तस्वीर हेर्दा नगर कार्य समितिको ध्यानाकर्षण भएको जनाइएको छ ।
रा.प्र.पा. नगर कार्य समिति नेपालगन्ज, बाँकेका अध्यक्ष हुकुम सिंह के.सी.द्वारा आइतवार जारी गरिएको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘हामीले हाम्रो नेताहरुको रिहाईको मागको लागि मात्र गरिएको राँके जुलुसमा प्रहरीद्वारा गरिएको हस्तक्षेपमा नमालुम भबितब्य रुपमा कहाँ कसरी उक्त घटना भएको हो । हाम्रो मन्साय कुनै पनि राजनीतिक दल र व्यक्ति विशेषलाई होच्याउने नभएको हुँदा सबैका आस्थाका केन्द्र देशका नेता तथा जननिर्वाचित पूर्व प्रधानमन्त्री वि.पी. कोइराला हामी सबैका जनप्रिय नेताप्रति हाम्रो सधैं सम्मान र विश्वास रहेको छ र रही रहने छ । उक्त भवितब्य घटनाबाट कुनैपनि राजनीतिक दल र व्यक्तिको आस्थाप्रति ठेस पुगेकोमा हामी लगायत नगर कार्य समिति क्षमा प्रार्थी छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here