नेपालगन्ज, साउन २६ । बर्दियाको ठाकुरबाबामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुकोलागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम ठाकुरबाबा नगरपालिकामा शुरु भएको छ ।
सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजनाद्धारा आयोजना गरिएको हो ।
उक्त तालिमको मुख्य उद्देश्य युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरतन, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारहरुको खाता संचालन तथा लेखापालान गर्न सक्षम बनाउनु रहेको जनाईएको छ ।
सोही पकारले व्यवसायको व्यवसायिक योजनाको पुनराओलकन, स्थानीय सरकारबाट सुविधा र कार्यक्रममा सरभागीताकालागि सक्षम बनाई दिर्घकालिन रुपमा व्यवसायको विकास विस्तार गरी दैनिक जिबिकोपार्जनमा सहजता ल्याउनु तालिमको उदेश्य रहेको बाँके युनेस्को क्लबका परियोजना संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी गराउनु भयो ।
उहाँले सो तालिमको सहजकर्ता राज बहादुर चौधरी रहनु भएको पनि बताउनुभयो । सोही प्रकारको तालिम केही दिन पहिले बर्दियाको गुलरियामा पनि आयोजना गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here