नेपालगन्ज, जेठ २ । प्लान इन्टरनेशनल नेपालको साझेदारी र बाँके युनेस्को क्लब लगायतका विभिन्न गैर सरकारी संघसंस्थाको आयोजनामा बर्दियाको ठाकुरद्धारामा जिल्लास्तरीय युवा भेला शुरु भएको छ ।
बर्दियामा सञ्चालित सशक्त बालिका परियोजना अन्तर्गत बाँके युनेस्को क्लब, राधाकृष्ण थारु जनसेवा केन्द्र, बिग्रुप र स्थानीय पालिकाहरुको समन्वयमा युवा लक्षित नेतृत्व विकास र स्थानीय तहमा युवा सहभागिता सम्बन्धि युवा भेला सञ्चालन गरिएको हो ।
तीन दिनसम्म चल्ने सो भेलामा बर्दिया जिल्लाका सबै स्थानीय निकायवाट युवाहरूको प्रतिनिधित्व हुने गरी किशोरी क्लव, युवा क्लव र परिवर्तनका संवाहक समुहका सदस्यबाट ३६ जना किशोर किशोरी तथा युवाहरूको सहभागिता रहेको बाँके युनेस्को क्लव, सशक्त बालिका परयोजनाका संयोजक गोबिन्द प्रसाद लामिछानेले जानकारी दिनुभयो ।
उहाँले युवा भेला कार्यक्रममा शसक्त बालिका परियोजनाको सहयोगमा स्थानीय तहको समन्वयमा गठन गरिएका किशोरी क्लव तथा युवा क्लव र परिवर्तनका संवाहक समुहबाट युवाको प्रतिनिधित्व रहेको बताउनुभयो ।
युवाको नेतृत्व विकास, उनिहरुको सवाल, स्थानीय तहको योजना र निति तथा कार्यक्रम निर्माण प्रक्रियामा युवाको सवाल तथा सहभागितामा पहुँच बढाउका लागि जिल्लास्तरीय युवा भेला सञ्चालन गरिएको प्लान इन्टरनेशनल नेपालका निमित्त कार्यक्रम विज्ञ दिक्षा भट्टले बताउनुभयो ।
उहाँले यो भेलाबाट स्थानीय तहको निति निर्माण प्रक्रियामा अर्थपूर्ण सहभागिताका लागि क्षमता विकास गरी युवाको सवाल र युवा लक्षित योजनाहरु समावेश गर्न सहयोग पुग्ने बताउनुभयो ।
भेलाले स्थानीय योजना तथा नीतिनिर्माण प्रक्रियामा यूवाको सहभागता सुनिश्चितता गरी उनीहरुको शैक्षिक र नेतृत्व विकासमा टेवा पुरयाउने छ ।
युवा भेला कार्यक्रमको सहजिकरण अस्निता थापा र दिनेश चौधरीले गरिरहनु भएको छ । सो भेलामा बाँके युनेस्को क्लवका कार्यक्रम संयोजक गोविन्द प्रसाद लामिछाने, राधाकृष्ण थारु जनसेवा केन्द्रका कार्यक्रम संयोजक मनोज पौडेल, बिग्रुप बाँकेका वालविवाह, छिटो बिवाह, जबरजस्ति गरिने बिवाह रोकथाम परियोजनाका संयोजक दिनेश चौधरी र वालविवाह न्युनिकरण परियोजनाका प्राबिधिक संयोजक लक्ष्मि प्रसाद शर्मा समेतको सहभागिता रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here