२३ असोज, नेपालगञ्ज । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले बुधवार विभिन्न स्थानमा सचेतनामूलक कार्यक्रम गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट विभिन्न स्थानमा मानिसहरु भेला जम्मा गराई सचेतनामूलक कार्यक्रमको आयोजन गरिएको हो ।
ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी सवारी साधनका चालक,सह–चालक, सवारी धनि, बाटो प्रयोगकर्ता, बिद्यार्थीहरु र सर्वसाधारणहरुलाई ट्राफिक नियम, बाटो क्रस गर्दा पालना गर्नु पर्ने लेन अनुशासन, ओभरटेक गर्दा ध्यान दिनु पर्ने कुरा गर्नुका साथै सवारी दुर्घटना न्यूनीकरणका उपायहरुका बिषयमा जिल्लाका बिभिन्न १० स्थानहरुमा सचेतनामूलक कार्यक्रम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here