२३ जेठ, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाले गर्मी विदा दिएको छ ।
नेपालगन्ज उपमहानगरपालिका शिक्षा, युवा तथा खेलकूद महाशाखाका वरिष्ठ शिक्षा अधिकृत लोकेन्द्र बहादुर शाहीले नेपालगन्जका सामुदायिक, संस्थागत र धार्मिक विद्यालयहरुमा जेठ २५ देखि ३० गतेसम्म गर्मी विदा दिइएको बताएका छन् ।
नेपालगन्ज क्षेत्रमा भइरहेको अत्यधिक गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने भएकोले एक हप्ता गर्मी विदा दिइएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।








