नेपालगन्जको मुटु त्रिभुवन चौकबाट आज कशौधन वैश्य समाज, कशौधन वैश्य समाज युवा मञ्च, कशौंधन वैश्य समाज महिला मञ्च, जिल्ला प्रहरी कार्यालय बाँकेको समन्वयमा सचेतना मूलक र्याली निकालिएको छ
बाँके जिल्ला विगतमा कोभिड–१९ कोरोना भाईरसको महामारीबाट आक्रान्त भई भयावाह अवस्थाबाट गुज्रिएको अवस्थालाई ध्यानमा राखी पुनः त्यस्तो अवस्थाको सृंजना नहोस् भनी सचेतनाको लागि कशौंधन वैश्य समाजले अगुवाई गरेको छ ।
नेपालगन्जको त्रिभुवन चौकबाट शुरु गरिएको ¥याली सदरलाईन, त्रिवेणी मोड, बागेश्वरी टोल, घरवारीटोल हुँदै धम्बोझी चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

जिल्ला प्रहरी बाँके प्रमुख श्यामकृष्ण अधिकारीले बाँके जिल्लाका नागरिक सचेतना अपनाउन सहकार्य गर्नुपर्ने आशा रहेको बताउँदै आउने दिनमा अरुको लागि नभई आफ्नै लागि भएपनि कोभिड–१९ कोरोना भाईरसको तेस्रो भेरियन्टबाट सुरक्षित रहन सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्नुपर्ने बताउनुभयो ।
सचेतनामूलक र्यालीमा कशौंधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले विगतमा रहेको भयावाह अवस्था पुनः कोभिड–१९ को तेस्रो भेरियन्टमा नहोस्, त्यसको लागि आफू पनि मास्क लगाऊ, अरुलाई पनि मास्कलगायत सुरक्षा मापदण्ड अपनाउन प्रेरित गरौं भनी बताएका थिए ।

सचेतनामूलक र्यालीमा स्वास्थ्य मापदण्ड बारे जानकारीको लागि पर्चा, पम्प्लेट, मास्क वितरण, माईकिङ्ग लगायतको व्यवस्थापन गरिएको थियो भने कार्यक्रममा जिल्ला प्रहरी बाँकेका सुरक्षाकर्मी, कशौंधन वैश्य समाजका पदाधिकारी, कशौंधन वैश्य युवा मञ्च, कशौंधन वैश्य महिला मञ्चका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा ध्वानि टि.भी.का पत्रकार उदयसिंह श्रेष्ठ र सत्यमखबर अनलाईनका चन्द्रेश्वरराज त्रिपाठीलाई सम्मान गरिएको थियो । कशौंधन वैश्य युवा मञ्चका अध्यक्ष अदित्य गुप्ताले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here