१० माघ, नेपालगन्ज । नेपालगन्ज जामा मस्जिद इदगाह संचालक समितिको अध्यक्षमा रहमान मियाँ सर्वसम्मत निर्वाचित भएका छन् ।
बिहीबार भएको भेलाले रहमान मियाँलाई अध्यक्ष र उपाध्यक्षमा हाजी रौनक अली, महासचिवमा एैनुद्दिन अन्सारी, कोषाध्यक्षमा मो. हुसैन हल्वाईलाई निर्वाचित गरेको छ ।
यो मस्जिद नेपालगञ्जको मुख्य मस्जिद मध्येको एक हो । नयाँ निर्वाचित कार्यसमितिले उत्कृष्ट काम गर्ने नयाँ कार्यसमिति गठनमा पहल गरेका अगुवा मोहम्मद हारुन हल्वाईले बिश्वास व्यक्त गरेका छन् ।