२८ असोज, नेपालगञ्ज । चुनाव प्रचार प्रसारलाई तीव्रता दिइरहेको जनता समाजवादी पार्टी बाँकेले निर्वाचन क्षेत्रहरूमा चुनाव प्रचार प्रसार समितिको सम्पर्क कार्यालयहरू खोलेको छ ।
शुक्रबार बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाका वडा नं. १२ बेलासपुर, वडा नं. ४ घोसी टोल, वडा नं. ७ पिपल चौतारा, वडा नं. ७ एमपी स्कुल र वडा नं. ५ भट्टा टोलमा प्रचार प्रसार सम्पर्क कार्यालयहरू खोलिएको छ ।
कार्यालय उद्घाटन कार्यक्रममा बाँके क्षेत्र नं २ जनता समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राई, प्रदेश सभा सदस्य पदका उम्मेदवार आदेश अग्रवाल, पार्टीका नेताहरु अतहर हुसेन फारुकी, बुद्धिसागर सुवेदी, अरुण सिंह लगायतको उपस्थिति रहेको थियो ।
कार्यालय उद्घाटनका क्रममा वडा नं ४ मा विभिन्न पार्टी परित्याग गरी करिब २ सय जना व्यक्तिहरू जनता समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here