५ असार, काठमाण्डौं । स्रष्ठालाई सम्मान, नयाँलाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यका साथ जम्बुलिङ फिल्मस प्रा. लि.ले आयोजना गरेको जम्बुलिङ ईन्टरनेशनल अवार्ड २०२२ को नोमिनेशन कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौँको चाबहिलस्थित चलचित्र बिकास बोर्डको हलमा वरिष्ठ चलचित्र निर्देशक एवं चलचित्र बिकास बोर्डका पुर्वाध्यक्ष दयाराम दाहालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा बोल्दै वरिष्ठ चलचित्र निर्देशक एंव चलचित्र बिकास बोर्डका पुर्वाध्यक्ष दयाराम दाहालले जनजाती मुलमा अर्गानिक कथा रहेको बताएका छन् ।
उनले पछिल्लो समयमा आएका गीत संगीतहरु फास्ट फुड जस्ता भएको जनाए ।
उनले भने, ‘अहिलेका गीतहरु फास्टफूड जस्ता भएका छन । गीतमा झल्किने मौलिकता हराउदै गएको हामी पाउँछौ । सिमित कोठामा बसी गीत लेख्नु राम्रो हुँदैन ।’
त्यसैगरी कार्यक्रमका विशेष अतिथिको रुपमा बोल्नुहुँदै वरिष्ठ कलाकार उत्तम केसिले कार्यक्रम सफलताको शुभकामना व्यक्त
गरे ।
कार्यक्रमका विषेश अतिथी राष्ट्रिय संगीतकर्मी संघका उपाध्यक्ष श्याम धितालले अवार्ड कार्यक्रमले कलाकारलाई थप प्रोत्साहन मिल्ने जनाए ।
अवार्डको फाइनल कार्यक्रम सिंगापुर र मलेसियामा गरिने जम्बुलिङ फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक राजकिङ वाइबाले बताए । उनले अवार्ड निष्पक्ष हुने समेत बताए ।
त्यसैगरी जुरीतर्फको जिम्मेवारी चिफ जुरी डिका गुरुङ, पवन वाङ लामा, मित्र देव गुरुङ,हेम वाइबा, सागर एस वाइबा र छुल्ठिम गुरुङ्ले सम्हालेका छन ।
कार्यक्रमको अन्त्यमा कला सांस्कृतिको संरक्षण र सम्बर्द्वनका लागि प्रत्यक्ष ÷ अप्रत्यक्ष रुपमा सहयोग गर्ने एक दर्जन भन्दा धेरैलाई मायाको चिनो प्रदान गरेका थिए ।
४८ वटा विधामा रहेको अवार्ड गत चैत्र २६ गतेदेखि वैशाख ३० गते सम्म आवेदन खुल्ला गरेको थियो । रोशन फ्युबाको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रम गायक आशिस गोङ्बो तामाङले सञ्चालन गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here