७ पुस, नेपालगञ्ज । बाँके प्रहरीले जमिन मुनिबाट सुन निकालिदिन्छु भनी ठगी गर्ने मानिसलाई पक्राउ गरेको छ ।
गत मंसिर १५ गते नेपालगञ्ज उप–महानगरपालिका वडा नं. १९ मोहनपुर ईट्टाभट्टा नजिकै रहेको जाहेरवाला नसिर अहमद बेहेनालाई भारत, उत्तर प्रदेश, बलरामपुर सिहपुरी बस्ने वर्ष अं. ४२ को सदाबुद्दिन हलवाईले ईट्टाभट्टामा रहेको जमिन भित्र सुन रहेको र उक्त सुन निकाली दिन्छु भनी पटक पटक गरि नगद रु. २ करोड ठगी गरेको हुँदा कानुन बमोजिम कारवाही गरी पाउँ भनी नसिर अहमद बेहेनाको जाहेरी दरखास्तका आधारमा निज प्रतिवादी सदाबुद्दिन हलवाईलाई गत शुक्रवार ५ गते बिहान नेपालगञ्ज उप– महानगरपालिका वडा नं. ४ बसपार्क स्थितमा पक्राउ गरी सम्मानित बाँके जिल्ला अदालतबाट दिन ४ म्याद थप अनुमति लिई थप अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायव उपरीक्षक आयूश प्रसाद जोशीले जानकारी गराएका छन् ।
साथै प्रहरीले तिन वटा माटोको घैटो र सो घैटो भित्र पहेलो धातुले बनेको सिक्का थान–१०४९, तिन वटा पितलको घैटो, धातुले बनेको हेर्दा पुरानो जस्तो देखिने चेन थान–१, धातुले बनेको गणेशको मुर्ति थान–१, बिभिन्न आकारका पत्तरहरु थान–६००, धातुबाट बनेको डिव्वा थान–३, लेदरको कालो रंगको झोला भित्र ताविज सहितको डिव्वा थान–१, उर्दु अक्षरमा लेखिएको किताब थान–१, भारतिय नम्बरको युपी ३२ पीपी६११० नं. को अलटोक१० सिल्भर कलरको कार थान–१ साथै निजसंग रहेको नेपाल र भारतिय बैंकका चेक तथा भौचहरु बरामद गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here