२४ पुस, नेपालगञ्ज । बाँके प्रहरीले जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा वर्ष ४५ को राम बहादुर सुनार रहेका छन् ।
बाँके जिल्ला अदालतको मिति २०८०।९।१६ गतेको फैसलाले जिल्ला बाँके खजुरा गा.पा. २ घर भई हाल ने.गं.उ.म.न.पा. वडा नं. ४ बस्ने वर्ष ४५ को राम बहादुर सुनारलाई जबरजस्ती करणी मुद्दामा ७ बर्ष १० महिना २४ दिन कैद र रु. ३ लाख जरिबाना तोकिएकोमा निज प्रतिवादी हालसम्म फरार रहेका थिए ।जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलिले बुधवार निजलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जानकारी गराएको छ ।