१ जेठ, नेपालगञ्ज । प्रहरीले जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
ने.गं.उ.म.न.पा.७ बस्ने वर्ष ३० को अस्फाक अन्सारीलाई जवरजस्ती करणी मुद्दामा बाँके जिल्ला अदालतको मिति २०६८।०७।०८ गतेको फैसलाले १ वर्ष ७ महिना ६ दिन कैद सजाय तोकिएकोमा निज प्रतिवादी हाल सम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलिले मंगलवार निजलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जानकारी गराएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here