२८ भाद्र, नेपालगञ्ज । प्रहरीले जबरजस्ती करणी मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका वडा नं. ३ का ३५ वर्षीय मोहम्मद बसर खाँ भन्ने मैनुदिन खाँ रहेका छन् ।
बाँके जिल्ला अदालतको २०६८ जेष्ठ १ गतेको फैसलाले खाँलाई जबरजस्ती करणी मुद्दामा ४ वर्ष कैद तोकेकोमा हालसम्म फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले सोमवार खाँलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाएको छ ।