शमशेगन्ज– बाँकेको राप्तीसोनारी गाउँपालिकामा जनप्रतिनिधिलाई कर्मचारीले नटेरेको पाइएको छ । वडा नम्बर २ का वडाअध्यक्ष मदनकुमार ओलीले बारम्बार पीसीआरका लागि स्वाब संकलन गरिदिन आग्रह गरे पनि स्वास्थ्य शाखा प्रमुख सुरेश शर्माले स्वाब संकलन नगरेको बताइएको छ ।

बुधबार कोरोना भाइस (कोभिड–१९) को लक्षण देखिएका ४५ जनाको स्वाब संकलन गरिएको थियो । कोरोना संक्रमित कर्मचारी र उनीहरुसँग सम्पर्कमा आएका गरी ४५ जनाको स्वाब संकलन गरेर भेरी अस्पताल पठाइएको भए पनि स्वास्थ्य शाखा प्रमुख शर्माको लापरबाहीका कारण वडा अध्यक्ष ओलीको स्वाब संकलन हुन नसकेको हो । ‘बारम्बार फोन गर्दा पनि स्वाब संकलन गरिने आश्वासन पाए पनि स्वाब संकलन गर्ने बेला नियतवश छुटाए,’ वडा अध्यक्ष ओलीले भने ।

वडा अध्यक्ष ओलीका अनुसार स्वास्थ्य शाखा प्रमुखले उनको स्वाब संकलन गर्न आवश्यक नभएको बताउँदै ४५ जना स्वाब संकलन भएपछि ओलीले आपत्ति जनाएका हुन् ।

यति मात्र नभई यस अघि कोरोना संक्रमित भएका गाउँपालिकाका कर्मचारीले गाउँपालिका निर्मित आइसोलेसन वा होम आइसोलेसनमा नबसी गाउँपालिकालाई नै आइसोलेसन बनाएर बसेको प्रति पनि वडा अध्यक्ष ओलीले आपत्ति जनाएका छन् । गाउँपालिकालाई आइसोलेसन बनाएर बसेका कर्मचारीले गाउँपालिकामा मनोमानी गरेको आरोपसमेत लाग्दै आएको छ ।

वडा अध्यक्ष ओलीले कर्मचारीले गाउँपालिकालाई आइसोलेसन बनाएर बसेकोप्रति आपत्ति जनाउँदै सामाजिक सञ्जालमा लेखेका छन्,‘ राप्तीसोनारीगाउँपालिकाले ५० शैय्‍याको आयसुलेसन निर्माण गरेको भन्ने सुन्नमा आयो तर संक्रमित कर्मचारीहरु गाउँपालिकाको कार्यालयमा बसिरहेका छन् । संक्रमितहरु कित आ आइसुलेसन आइसुलेसन नभए होम आइसुलेसनमा बस्नु पर्ने होइन र ? प्रश्न नैतिकताको

कोरोनाले महामरीको रुप लिँदा पनि गाउँपालिकाको स्वास्थ्य शाखा लाचार देखिएको छ । कोरोना महामारीविरुद्ध धेरै कर्मचारी संक्रमित भएपछि गाउँपालिका अध्यक्षले स्वास्थ्यकर्मीलाई परिचालन गर्न प्रमुख प्रशासकीय अधिकृतलाई आदेश दिए पनि प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले त्यसलाई कार्यान्वयन गर्न सकेका छैनन् स्रोत बताउँछ । पछिल्लो समय राप्तीसोनारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख शर्माको मनोमानीले गर्दा स्वास्थ्य शाखा विवादमा मुछिएको छ । यसैगरी स्वास्थ्य शाखाले कसैसँग समन्वय नगरी मनोमानी तवरले ९ जना कोरोना फोकल पर्सन तोकेको छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here