६ वैशाख, नेपालगञ्ज । बाँकेको जानकी गाउँपालिका पिप्रहमा रहेको जडिबुटी प्रशोधन उद्योगमा भीषण आगलागी भएको छ ।
बिहीवार करिब ७ बजेको समयमा जिल्ला बाँके जानकी गाउँपालिका वडा नं. ६ पिप्रहवास्थित राजेश जैनले सञ्चालन गरेको बाहुबली जडिबुटी प्रशोधन उद्योगमा विद्युत तार सट हुन गई एक्कासी आगालागी भएको थियो ।
आगलागी भएको सूचना पाउनासाथ प्रहरी चौकी गनापुर, ई.प्र.का. कोहलपुर र जिल्ला प्रहरी कार्यालय, बाँकेबाट प्र.उ. तुल बहादुर कार्कीको कमाण्डमा जम्मा ११४ जना प्रहरी टोली परिचालित भएको थियो ।
आगालागी नियन्त्रणमा तत्काल स्थानिय उद्धार सामाग्रीहरुको प्रयोग गरी मुख्य कारखाना लगायत अन्यत्र आगालागी हुन नदिन प्रयास गरिएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।
बाँके र बर्दिया जिल्लाबाट गरी जम्मा ९ वटा दमकल, नेपाल प्रहरीको वाटर क्यानन र भारतको बहराईचबाट समेत १ वटा दमकल आगालागी नियन्त्रणमा प्रयोग गरिएको थियो ।
सो आगालागी नियन्त्रणमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी गरी जम्मा १६४ जना सुरक्षाकर्मी परिचालित भएका थिए ।
बिहान शुरु भएको आगालागी दिउँसो २ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
यस आगलागीमा मानविय क्षति नभएको र भौतिक क्षतिको विवरण आउन बाँकी रहेको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here