नेपालगन्ज उपमहानगरपालिका अन्र्तगत पर्ने विभिन्न सडकमा यतिबेला घोडा खच्चरको रजगँज चलिरहेको छ ।

यी घोडा खच्चर कसका हुन् भनेर थाहा पाउन पनि सकिएको छैन । यसमा उपमहानगरपालिका पनि मौन छ ।

जथाभावी घोडा खच्चरको आउजाउ बढेपछि सडक दुर्घटनामा चुनौती थपिएको छ । सडकमा भएका, छाडा छोडिएका पशु चौपाय जुन सुकै हुन् ती पशु चौपायाको ब्यवस्थापन गर्ने दायित्व नेपालगन्ज उपमहानगरपालिकाको हो ।नेपालगन्जमा रहेका केही घोडा–खच्चर पालक किसानले बताए अनुसार घोडा खच्चरलाई चराउने ठाउँको अभाव छ

जसले नेपालगन्जमा यतिबेला पनि सडकैभरी पशुचौपायाको भीडभाड देखिदै आएको छ । यसको व्यवस्थापनमा कसैको चासो गएको छैन ।नेपालगन्जको काञ्जीहाउस भएपनि यसको उचित प्रयोग नियमित हुन सकेको देखिदैन ।

यहाँका पशु चौपायलाई अन्यत्र जिल्लाका गौशालामा पठाउने र बाँकेमा ठुलो क्षमताको गौशाला निर्माण गर्नुपर्ने यसअघिका बैठकमा निर्णय भैसकेको छ ।यद्दपी यस बिषयमा पनि मेयर धवल शम्सेर राणादेखि सिडिओ शिवराम गेलालसम्म चुपचाप देखिएका छन ।

जनावरको तथ्यांक संकलन गरि ट्याग लगाउने र सबै स्थानीय तहले बृहद गौशाला निर्माणका लागि जिल्ला सभा बोलाउन बैठकले जिल्ला समन्वय समितिमा आग्रह गर्ने निर्णय गरेको भएपनि अहिलेसम्म यो प्रक्रिया अघि बढन सकेको देखिदैन । यसैले पनि नेपालगन्ज उपमहानगरपालिका हरेक निर्णयमा असफल देखिदै गएको छ ।

यबितेला पनि नेपालगन्जको व्यस्त सडक त्रिभुवनचौक, न्यूरोड, सुर्खेतरोड, भेरीअस्पताल रोड लगायतका क्षेत्रमा पुशचौपाया, खच्चडको भीड उत्तिके देखिएको छ ।पशुचौपायले सडक नै भरीभराउ देखिएका छन । यसले ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपेको छ ।

भने पशु चौपायको दिशापिसाबले बजार दुर्गन्धित बनिरहेको छ । यसको व्यवस्थापन गर्ने जिम्मेवारी उपमहानगरपालिकाका होइन र ? कसले गर्छ पशुचौपाया व्यवस्थापन र सडक सरसफाईकोधन्दा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here