२३ चैत्र, नेपालगञ्ज । प्रहरीले चोरी मुद्दाको एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा फत्तेपुर ८ का गौरव कुमार थारु रहेका छन् ।
बाँके जिल्ला अदालतको २०८० वैशाख १९ गतेको फैसलाले जिल्ला बाँके बैजनाथ गा.पा. ८ फत्तेपुर बस्ने वर्ष २१ को गौरव कुमार थारुलाई चार पटक चोरी मुद्दामा ८ बर्ष ८ महिना २८ दिन कैद सजाय र रु. ६० हजार जरिबाना तोकेको थियो ।
निज प्रतिवादी हाल सम्म फरार रहेको हुँदा जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले शुक्रवार उनलाई पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाइएको बाँके प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here