१४ कार्तिक, नेपालगञ्ज । बाँके प्रहरीले चोरी मुद्दाका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बाँके बैजनाथ गाउँपालिका वडा नं. २ बस्ने २१ वर्षका अर्जुन सुनार रहेका छन् ।
बाँके जिल्ला अदालतको मिति २०७७ कार्तिक २० गतेको फैसलाले सुनारलाई चोरी मुद्दामा १ महिना २९ दिन कैद र ९ हजार जरिबाना तोकिएको थियो । हालसम्म फरार रहेका निज सुनारलाई जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको प्रहरी टोलीले मंगलवार पक्राउ गरेको हो ।
सुनारलाई पक्राउ गरि बाँके जिल्ला अदालतमा बुझाइएको जिल्ला प्रहरी कार्यालय, बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here