२१ असोज, नेपालगञ्ज । चोरी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
गत बिहीवार बाँकेको खजुरा गा.पा.६ सिमलघारी स्थित रहेको आर.के. ज्वैलर्सबाट सुन चाँदीका गर गहना चोरी भएको भन्ने सूचना प्राप्त, यस्तै सोमवार जनता दुग्ध उत्पादक सहकारी संस्था लि.बाट ल्यापटप चोरी भएको भन्ने सूचना प्राप्त त्यसैगरी शुक्रवार खजुरा गा.पा.३ खजुरा बजारमा रहेको दिप शिखा ज्वैलर्सबाट सुन चाँदीका गर गहना चोरी भएको भन्ने खबर प्राप्त भए पश्चात ईलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरी टोलिले बिशेष सूचनाको आधारमा आइतवार सुर्खेत सिम्ता गा.पा. ५ बस्ने बर्ष २३ को शिव नेपालीलाई सिलसिलेवार रुपमा चोरी गरेका सुन चाँदीका गरगहना तथा ल्यापटप सहित पक्राउ गरी थप अनुसन्धान अधि बढाइएको छ ।
पक्राउ परेका नेपालीको साथबाट एसर कम्पनिको ल्यापटप १ थान, नगद रु. ६,९७५, सुनको टुक्रा ५ ग्राम, चाँदीको औठी १२ थान, चाँदीको सिक्री ८ थान, चाँदीको मुन्द्रा ४५ थान, चाँदीको जन्तर २ थान, चाँदीको ब्रासलेट २ थान, चाँदीको पायल ४ थान, चाँदीको बिछिया ८ थान, चाँदीको लकेट १४ थान, चाँदीको सिक्का ३ थान, चाँदीको बाला १० थान, चाँदीको दुक्रा ८० ग्राम, साथै चोरी गर्दा प्रयोग भएका दरौती, पेचकस, रेन्ची, हथौडा, पिलास र चक्कु बरामद भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here