बाँके,जेठ ३१ गते । कोरोना महामारीको बेला निरन्तर सेवामा खटिएका कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरुले चार महिनादेखि तलब नभएको भन्दै आन्दोलन सुरुगरेका छन् । 

कर्मचारीले सोमबार बिहान प्रशासन शाखामा भेला भएर नियमित तलब, कोभिडको जोखिम भत्ता लगायत तत्काल प्रदान गर्न माग गर्दै प्रर्दशन गरेका छन् । फागुन महिनादेखि तलब भत्ता नपाएपछि आन्दोलित हुनुपरेको कर्मचारी बताएका छन् ।

असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका माग पूरा नगरे कानुनी प्रक्रिया पूरा गरेर चरणबद्ध आन्दोलन गर्ने कर्मचारी चेतवनी दिएका छन् । कोभिडको समयमा काम गरेका डाक्टर, स्वास्थ्यकर्मी र सफाइकर्मीले फागुन महिनादेखिको तलब नपाएका हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here