मनोज कौशल /बुटवल असोज २० गते।

मनोज कौशल/बुटवल असोज २०गते।

कपिलवस्तुको कृष्णनगर नगरपालिका– ३ की सरस्वती कौशलको मृत्यु रहस्यमयी बनेको छ । स्थानीय गोविन्द कौशलकी २६ वर्षीय पत्नी सरस्वतीको मृत्युलाई परिवारजनले आत्महत्या र मृतकका माइती पक्षले हत्या भन्ने सूचना प्रहरीलाई दिएपछि घटना रहस्यमयी बनेको हो । बिहीबार सरस्वती मृत अवस्थामा भेटिएकी थिइन्।

मृतक सरस्वतीका दाइ संजय कौशलले मृतकका पति गोविन्द कौशल, जेठाजु बृजेश कुमार कौशल र सासु कान्तिदेवी कौशलविरुद्ध हत्या आरोपमा इलाका प्रहरी कार्यालय कृष्णनगरमा किटानी जाहेरी दिएका छन् ।

मृतक सरस्वतीको गत जेठ २२ गते मागी विवाह भएको थियो। मृतक बहिनीलाई विवाहपछि दाइजोको रुपमा मोटरसाइकल चाहियो भन्दै आफ्ना ज्वाईं र घरपरिवारबाट पटक–पटक मानसिक यातना दिने गरिएको मृतकका दाजु संजय कौशलले दावी गरेका छन् । शव भेटेपछि प्रहरीलाई खबर नगरिनु, कोठाभित्रको चुक्कुल नलगाएको अवस्था हुनु, शवलाई प्रहरी आउनुभन्दा पहिल्यै झुण्डिएको अवस्थाबाट तल झारिनुजस्ता गतिविधिबाट हत्याको शंका भएको सरस्वतीकी दिदी कृष्णवती कौशलले बताइन्।

सरस्वतीकी आमा आरतीदेवी कौशलले परिवारको षडयन्त्रमा हत्या गरिएको आरोप लगाइन्। घटनाको सत्यतथ्य छानबिन गरी दोषीउपर कडा कारवाही हुनुपर्ने मृतक सरस्वतीका आफन्तजनको माग छ।

मृतकका पति र उनको घरपरिवारले भने सरस्वतीले आत्महत्या नै भएको दावी गरिरहेका छन्। मृतकका जेठाजु बृजेश कुमार कौशलले रातिको समयमा आफूहरु तल्लो तलामा रहेको र उनले माथिल्लो तलामा आत्महत्या भएको बताए।

शवको कपिलवस्तु अस्पताल तौलिहवामा पोष्टमार्टम गरिएको र रिपोर्ट आएपछि घटना हत्या वा आत्महत्या हो भन्ने प्रष्ट हुने प्रहरीले जनाएको छ । घटनाबारे सुक्ष्म अनुसन्धान शुरु गरिएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताएका छन्। मृतक सरस्वतीका पति गोविन्दलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान अघि बढाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here