२४ जेठ, नेपालगञ्ज । ग्रामिण पत्रकारिता विकासका लागि बाँकेको राप्तीसोनारी गाउँपालिकामा तीन दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ ।
सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले सञ्चालन गरेको तालिममा राप्तीसोनारी गाउँपालिकाका ९ वटा वडाका २० जना युवा तथा किशोरीहरुको सहभागिता रहेको छ ।
तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले ग्रामिण क्षेत्रका समस्या तथा सवाललाई सञ्चार माध्यमसम्म पु¥याउनका लागि युवाहरुलाई पत्रकारिता क्षेत्रमा जोड्न यो तालिमले मद्दत पु¥याउने विश्वास व्यक्त गरे ।
अध्यक्ष पौडेलले पत्रकार समाजको ऐना भएकाले पत्रकारिता पेशाको गरिमा उच्च रहेकाले पेशागत व्यवसायिकता र निश्पक्ष पत्रकारितालाई विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
गाउँपालिकाका उपाध्यक्ष मनिषासिंह थारुले युवाहरुका लागि यो तालिम निकै महत्वपूर्ण भएकाले तालिमपश्चात यस पेशालाई अँगाल्न अनुरोध गर्दै स्थानीय समास्या तथा सवाललाई बढी भन्दा बढी मात्रामा उठान गर्नुपर्नेमा जोड दिइन् ।
तालिमको उद्घाटन समारोहमा प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटा, राप्तीसोनारी वडा नंं ६ का वडाध्यक्ष लबराज खरेल, नेपाल पत्रकार महासंघ लुम्विनी प्रदेश उपाध्यक्ष शुक्रऋषि चौलागाई लगायतले बोलेका थिए ।
तालिममा पत्रकार शुक्रऋषि चौलागाई र राकेश मिश्रले सहजीकरण गरिने कार्यक्रम संयोजक जयसिंह केसीले जानकारी दिए ।
संयोजक केसीका अनुसार ग्रामिण क्षेत्रका सवाललाई संचारमाध्यमसम्म पु¥याउनका लागि तालिम सञ्चालन गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here