१४ पौष, नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा रहेको गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनद्वारा आयोजत बृहत रक्तदान कार्यक्रममा पत्रकार, व्यवसायी, स्थानीय स्वयंसवी रक्तदाता महिला पुरुष सहित १ सय २१ जनाले पौष १३ गते शनिवार रक्तदान गरेको छन् ।
रक्तदान जीवनदान मूल उद्देश्यका साथ आयोजित रक्तदान कार्यक्रममा समाजसेवी, गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसनलाई जग्गा प्रदान गर्नु भएका जग्गादाता तथा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार माधवराम वर्मा र गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाहले संयुक्त रुपमा रगत संकलन गर्ने पाकेट प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीलाई हस्तान्तरण गरिनुका साथै प्रमुख अतिथि माधवराम वर्माले ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो ।
रक्तदान कार्यक्रममा गौरव स्मृति तथा वि.योर.सेल्फ फाउन्डेसन की अध्यक्ष मधु शाह, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेकी अध्यक्ष दिला शाह, पत्रकार मधु पौडेल, संस्थाका उपाध्यक्ष करन साह, सदस्य शिवम् शाह, नितेश बिष्ट, राजु कसगर, मोहम्मद फारुक, झपेन्द्र बहादुर शाह, बिनोद प्रजापति, साहू समाज बाँके युवा समितिका अध्यक्ष राम किसुुन साहू, सञ्जय कर्माचार्य, सुजित पाण्डे लगायत १ सय २१ जनाले रक्तदान गरेका छन् ।
उक्त रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, होमराज गिरी, सुनिल पुलामी मगर, सञ्जय बढही, बीरेन्द्र योगी, रचना बिष्ट, आशा सुनार, पबित्रा जैसीले प्राविधिकमा सहयोग गरेका थिए अन्यमा संस्थाका उपाध्यक्ष करन साहू, निर्मला बिष्ट, पुष्पा यादव, करन कोरी, अजय कोरी, संगीता ओली, करुण चन्द , बिदिशा अग्रवाल सहयोग गरेका थिए भने संस्थाका सदस्य शिवम् शाहको अथक प्रयासबाट रक्तदान कार्यक्रम सफल भएको हो ।
संस्थापक स्व. गौरब शाहले आफनो पाकेटको खर्चबाट बचाएको पैसाबाट पशुमा गाई , कुकुरको हेरचाह र समाजमा विभिन्न किसिमका कार्यहरु गर्दै आएका थिए । उहाँ नरहे पनि संस्थामा आवद्ध रहेका युवा भाई बहिनीले पनि त्यस किसिमका कार्यहरुलाई निरन्तरता दिदैं आई रहेका छन् ।