२७ श्रावण, नेपालगन्ज । नेपालगन्जका उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए– अदबले शनिवार आफनो मासिक गजल गोष्ठीको आयोजन गरेको छ ।
गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आई रहेको छ सोही अनुसार महेन्द्र पुस्तकालको सभा हलमा गजल साहित्यकारहरुले गजल वाचन थिए । गजल गोष्ठीमा “फिर यूँ हुआ कि वो भी सर –ए–दार आ गया ” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए ।
नेपालगंजका उर्दू साहित्यकार सैयद असफाक रसूल नेपालीको अध्यक्षतमा, अन्सर नेपालीद्वारा सञ्चालित कार्यक्रममा वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौक, सैयद असफाक रसूल नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, जमील अहमद हाशमी, अन्सर नेपाली लगायत उर्दू साहित्यकारहरूले गजल वाचन गरेका थिए । सो कार्यक्रममा वरिष्ठ कथाकार सनत कुमार रेग्मी, बव्बु फारुकी लगायतको पनि सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here