२८ माघ, नेपालगञ्ज । उर्दू साहित्यकारहरुको संगठन गुल्जार–ए–अदबले शनिवार नियमित मासिक गजल गोष्ठीको आयोजन गरेको छ ।
गुल्जार–ए–अदब बाँकेद्वारा प्रत्येक महिनाको अन्तिम शनिवार उर्दू साहित्यकारद्वारा उर्दू भाषालाई प्रोत्साहनका लागी मासिक गजल गोष्ठी कार्यक्रम गर्दै आई रहेको सोही अनुसार महेन्द्र पुस्तकालको सभाहलमा गजल साहित्यकारहरुले गजल वाचन थिए ।
गजल गोष्ठीमा “चश्म–ए–हैराँ में है माभी का तमाशा अब तक” मिश्ररामा उर्दू साहित्यकारहरुले गजल वाचन गरेका थिए।
नेपालगञ्जका वरिष्ठ उर्दू शायर तथा गुल्जार–ए–अदब बाँकेका अध्यक्ष हाजी अब्दुल लतीफ शौकको अध्यक्षतामा, सैयद असफाक रसूल नेपाली, आदीलसरवर नेपाली, सचिव मोहम्मद मुस्तफा अहशन कुरैशी, अव्दुल हयात रसीद, लगायतका उर्दू साहित्यकारले गजल वाचन गरेका थिए ।
सो कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका पूर्व सभापति शुक्रऋषि चौलागाई, पत्रकार बीपी अस्तु, महेन्द्र पुस्तकालका कार्यालय प्रमुख स्वामीदयाल गुप्ता, राम प्रसाद कुम्हार लगायतको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here