३ भाद्र, नेपालगञ्ज । प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बर्दियाको गुलरिया नगरपालिकामा संचालन गरिएका परियोजनाहरुको जानकारी तथा समन्वय बैठक सम्पन्न भएको छ ।
बाँके युनेस्को क्लब, बी ग्रुप, स्याक नेपाल, साथी संस्था र थारु महिला उत्थान केन्द्रको संयुक्त आयोजना र बर्दिया नगरपालिकाको समन्वयमा सो बैठक सम्पन्न भएको हो ।
खासगरी स्थानीय तहको निर्वाचन पश्चात निर्वाचित जनप्रतिनिधीहरुलाई परियोजनाका सन्दर्भमा जानकारी गराई स्थानीय सरकारसँगको सम्बन्ध प्रगाढ पार्दै परिणाममुखी कार्य गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त बैठकको अध्यक्षता गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले गर्नु भएको थियो ।
अतिथिमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश देवकोटा रहनु भएको थियो ।
कार्यक्रममा प्लान ईन्टरनेशनल नेपालका कार्यक्रम विशेषज्ञ वेद प्रसाद डाँगी, वित्तिय संयोजक पदम मल्ल, कार्यक्रम संयोजक गोमा वली चौधरी र झलक विश्वकर्माको पनि सहभागिता रहेको थियो ।
उक्त समन्वय बैठकमा सबै वडा अध्यक्षहरु, पालिकाका सबै शाखाका प्रमुखहरु, नागरिक समाज संजालका अध्यक्ष तथा पदाधिकारीहरु, दलित महिला नागरिक सञ्जालका सदस्यहरु र अन्य संघ संस्थाहरुका प्रतिनिधीको सहभागीता रहेको थियो ।
सो अवसरमा बाँके युनेस्को क्लब, साथी संस्था, बी ग्रुप, स्याक नेपाल र थारु महिलाउत्थान केन्द्रले आ.व. ०७८।०७९ मा संचालन गरेका परियोजनाको प्रगती, सिकाई, चुनौंतीहरु र आगामी कार्यक्रम तथा बजेट सहित प्रस्तुती गरेका थिए ।
सो अवसरमा नगरपालिकाका मेयर यादवले स्थानीय सरकार र सामाजिक संघ–संस्थाको समन्वय र सहकार्य नगरको समग्र विकास र अन्य कार्यका लागि आवश्यक भएको जनाउँदै यस्ता कार्यक्रमले सहकार्य र समन्वय प्रगाढ पार्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण बाँके युनेस्को क्लबका सह निर्देशक महेश नेपालीले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन र आयोजनामा समन्वयकारी भूमिका गुलरिया नगरपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख शिला शाहले गर्नु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here