२७ पुस, नेपालगन्ज । नेपालगन्जको महेन्द्र पुस्तकालयमा अदबी संगठन “गुल्जार–ए–अदब’ नेपालगन्जको मासिक कवि गोष्ठी ‘तरही नशिस्त’ प्रख्यात शायर सैयद अशफाक रसूल हाश्मीको अध्यक्षतामा आयोजन भएको छ ।
कार्यक्रमको तरही मिसरा थियोः “यह दुनिया महज एक धोके का घर है“। कार्यक्रममा विभिन्न शायरहरूले आफ्नो उत्कृष्ट रचनाहरू प्रस्तुत गरेका थिए, जस्मा शायर अब्दुल लतीफ “शौक“ले–“चलुं आखिरत तक सफर ही सफर है, यह दुनिया महज एक धोके का घर है।“ सैय्यद अशफाक रसूल हाश्मीले–“शुकुन दिल मे है न तराजे जिगर है, मै ढुंढु कहाँ वह न जाने किधर है।“ मुस्तफा अहसन कुरैशीले–“जो दिल जोड्ने का किसी में हुनर है, वही दिल फतेह करने वाला बशर है।“ आदिल सरवरले–“जिधर एक मुफ्लिस का कल्बो जिगर है, उधर हुश्न वालों की तिरछी नजर है।“ इस्माईल अन्सारीले–“मुझे प्यार मे धोकेबाजी का डर है, मोहब्बत नहीं यह मेरा दर्द–ए–सर है।“ मोहम्मद आरिफ अन्सारीले–“झलकता है दिल में जो खूने जिगर है, मैं ढूंढूं कहां तुझको तू तो इधर है।“ मेराज अहमद “हिमालय“ले–“मरोगे यही तुम भरोगे यहीं पर, ये बंकर नहीं है तुम्हारी कब्र है। “नुरुल हसन राईले–“जो है राह इस की वही पुरखतर है, यह दुनिया महज एक धोके का घर है।“ आशिम सरवरले– “क्या बच्चा और बूढा हर कोई खूं से तर है, फिलिस्तीन अब खण्डहरों का शहर है।“ भन्ने शिर्षकको गजलहरु वाचन गरेका थिए ।
मासिक गजल गोष्ठीको अध्यक्षता गरेका सैयद अशफाक रसुल हाश्मीले–शेर, गजलहरूले गहिरो भावनात्मक तथा साँस्कृतिक सन्देश बोकेको हुन्छ, जुन श्रोताहरूका लागि प्रेरणादायक रहेको बताए ।
विशेष अतिथि डाक्टर जैनुल आब्दीनले मासिक गजल गोष्ठीको प्रशंसा गर्दै प्रस्तुत गजल, कविताहरूलाई बजारमा ल्याउन सुझाव दिए ।
प्रख्यात शायर अब्दुल लतीफ “शौक“ले, यस्तो गजल गोष्ठीले साहित्यिक साँस्कृतिक गतिविधिलाई प्रोत्साहन दिन्छ र सामुदायिक भावना बढाउँछ । नेपालगन्जमा भएको अदबी कार्यक्रममा साहित्यिक सौन्दर्य र शायरहरूको प्रतिभा प्रष्ट पारेको बताए ।
कार्यक्रममा सहभागी अन्य कवि ’शायर’हरूले पनि आफ्ना गजलहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा हाजी जाकिर हुसैन, मोहियुद्दीन फारुकी “बब्बु“, मोहम्मद हमीद हसन अन्सारी, सारिक सल्मानीलगायत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
मासिक गजल गोष्ठीका सञ्चालक शायर मुस्तफा अहसन कुरैशीले–“गुल्जारे अदब नेपालगन्ज“ ले प्रत्येक महिनाको अन्तिम शनिवार गर्ने मासिक गजल गोष्ठीले स्थानीय साहित्यिक परम्परालाई अघि बढाउन गरेको योगदानको प्रसंशा गरे । साथै प्रत्येक महिनाको अन्तिम शनिवार महेन्द्र पुस्तकालयमा हुने कार्यक्रममा कवि, शायरहरुलाई सहभागी हुन पनि उनले आह्वान गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here