–अमन अन्सारी
नेपालगन्ज, माघ २५ । नेपालगन्जको उर्दू साहित्यिक संस्था गुल्जार–ए–अदबको ५सय९५औँ मासिक गजल गोष्ठी श्रृंखला कार्यक्रम अदबका सल्लाहकार सैय्यद अशफाक रसुल हाश्मीको अध्यक्षतामा सम्पन्न भएको छ ।
नेपालगन्जको महेन्द्र पुस्तकालयमा शनिवार सम्पन्न भएको गजल गोष्ठीमा ’मुझे जिन्दगी से गिला नही, जो गुजर गई सो गुजर गई’ शिर्षकमा नेपालगन्जका स्थापित शायरहरूले आफ्ना गजलहरू प्रस्तुत गरेका थिए ।
शायरहरू सैय्यद अशफाक रसुल हाश्मी “सैय्यद नेपाली“ मुस्तफा अहसन कुरैशी ‘अहसन’, डा. जैनुल आब्दीन, मेराज अहमद “हिमालय“, आशिम सरवर, मोहम्मद आरिफ अन्सारी, नुरुल हसन राई ’नूर’, राशिद कमाल हल्वाई लगायतले आफ्नो गजल वाचन गरेका थिए ।
कार्यक्रममा लुम्बिनी वांग्मय प्रतिष्ठान बाँकेका उपाध्यक्ष चन्द्रावती अधिकारी लगायत विशेष व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सञ्चालन गुल्जार–ए–अदब, नेपालका महासचिव मोहम्मद आरिफ अन्सारीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here