२६ असार, नेपालगन्ज । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धा भाव प्रकट गरी आज गुरु पुर्णिमा पर्व मनाइँदै छ ।
गुरु पूर्णिमाको पर्वले गुरु–शिष्य (विद्यार्थी–शिक्षक) सम्बन्धको पवित्रता र महत्वलाई सम्मान गर्ने विशेष अवसर प्रदान गर्छ । यो दिन ज्ञान, संस्कार र जीवनपथमा मार्गदर्शन गर्ने गुरुप्रति कृतज्ञता प्रकट गर्ने गरिन्छ ।
अषाढ शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा, आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धा भाव प्रकट गरी मनाउने गरिन्छ यस दिन गुरुका रुपमा ज्ञानको पूजा गर्ने गरिन्छ गुरुप्रति श्रद्धा र सम्मान प्रकट गर्दै यस दिन देशभरि गुरुपूर्णिमा मनाउने गरिन्छ ।
सनातन धर्मावलम्बी र बौद्ध धर्मावलम्बिहरुले आजको दिनलाई आफ्नो धर्म तथा पारम्परीक सांस्कृतिक ज्ञानको बाटो देखाउने गुरुप्रति आभार ब्यक्त गर्ने विशेष दिनका रुपमा लिनेगर्छन् ।
चाहे मुस्लिमहरूको मदरसामा तपाइलाई पढाएका मोल्वी साब हुन् या चर्चमा ज्ञान र सल्लाह दिने पादरी या साना साना हातमा कलम राखेर क ख ग पढाउने र सिकाउने शिक्षक, शिक्षिकाहरू किन नहुन रु उनिहरुले सिकाएका र दिएका ज्ञानले नै हामीले जीवनको प्रारम्भिक विवेक र चेतना प्राप्त गरेका हौं ।
असल गुरुको प्राप्ती या छनौट अधिकांश समस्या र दूविधाहरुको निरोध हो भनेर भनिन्छ तथापी अहिलेको यूगमा असल गुरु र असल शिष्य दुवैको पहिचान गाह्रो छ ।
विज्ञान प्रविधिको अहिलेको यूगमा पक्कैपनि हामीले ज्ञान प्राप्तिकालागि एकलब्यले जस्तो द्रोणाचार्यको प्रतिमुर्ती बनाएर र त्यसैलाई गुरु थापेर सिक्नपर्ने जरुरत छैन न त गुरुदक्षीणाका रुपमा औंला नै काटेर दिनुपर्ने वलिदान नै । विश्वस्तरका शिक्षाकालागि संस्थागतरूपमा स्थापना भएका विद्यालय, विश्वविद्यालय, शिक्षण पेशा अनि सञ्चारका माध्यमहरुले पनि हामीलाई गुरुरुपी शिक्षा दिइरहेका छन् ।







