१५ पुस, नेपालगञ्ज । गुरुङ समुदायले मनाउने ‘तमु ल्होसार’ पर्व आज हर्षाेल्लासका साथ मनाइँदै छ ।
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते गुरुङ समुदायले ‘तमु ल्होसार’ पर्व मनाउने गरेका छन् द्र ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास छ ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ ।्र पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ ।
तमु पात्रोअनुसार, तमु ल्होसार २०८१ साल सर्प वर्ग (सप्री–ल्हो) को वर्ष हो । गुरुङ समुदायमा १२ वर्ग (ल्हो) रहेका छन्, र हरेक वर्ष एउटा ल्हो परिवर्तन हुने परम्परा छ । यो वर्ग परिवर्तनलाई नयाँ वर्षको रूपमा मनाउँदै तमु ल्होसार विशेष सांस्कृतिक कार्यक्रम, भोज, नाचगान, र परम्परागत रीतिरिवाजका साथ उल्लासपूर्वक मनाउने गरिन्छ ।
हरेक वर्षझैं यस वर्ष पनि (सप्री–ल्हो) वर्षलाई सबैको शुभ होस भनी तमु गुरुङ परम्परा अनुसार गुरुङ पूरोहित (खेगी) हरू पच्यु, क्ल्हेप्री, वोन्पो लम र लामा पुरोहितहरुद्वारा १४ गते रातको १२ बजे दुःख, दोखलोको ग्रह–दशा शान्ति पूजा गरी पुस १५ गते नयाँ बिहानीको झुल्के घाममा नयाँ वर्गको स्वागत गरी ल्होसार मनाउने कार्य गरिने छ ।
विशेषतः बुद्धिष्ट समूदायले वडो उत्साह र चाखकासाथ मनाउने यस पर्वबारे विभिन्न पुस्तक अनि एतिहासिक दस्तावेजका अनुसार भगवान वुद्धको यस पृथ्वीमा भएको आगमन अगावै मनाईने गरिएको प्रमाण भेटिएका छन् ।
बुद्धको आगमन अगावै पनि यस समूदायका ब्यक्तिहरु अनि मुख्यतः तिब्बत अथवा भोटका मान्छेहरुले सुगन्धित अगरबत्ति÷धूप बालेर भगवानको अर्चना गर्दे मध्य हिउँदमा यो पर्व अनि उपासना गर्ने गरेको तिब्बती मूलका विभिन्न पुस्तक र शोधहरुमा उल्लेखित छन् ।
तमु समुदायका बारेमा लेखिएका पुस्तक अनि शोधहरुका अनुसार तमुका पुर्खाहरु छैठौ शताब्दीमा तिब्बतबाट नेपाल आएर मुख्यतया उच्च हिमाली र उच्च पहाडी भेगमा बस्ने समूदायका रुपमा चिनिन्छन् ।
तमु ल्होसारका अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here