१६ भाद्र, नेपालगञ्ज । नेपालगंज उपमहानगरपालिका वडा नं ७ मा रहेको आइडियल पब्लिक सेकेण्डरी स्कूलमा शिक्षकलाई तथा विद्यार्थीलाई अलहेरा एजुकेशन सोसाइटीको आयोजनामा गुणस्तरीय शिक्षाको लागि एकीकृत तालिम बुधबार देखि शुक्रबार ३ दिने शिक्षक तथा विद्यार्थीको लागि प्रशिक्षण कार्यक्रम सुरु भएको छ।

यस कार्यक्रममा सहभागी प्रशिक्षक हरूको छुट्टा छुटै विषयमा प्रशिक्षक यशोदा नेपाली, मुनिर अहमद खान, अशोक कुमार वैश्यले बाल मनोविज्ञानको आधारमा नेपाली, गणित, अंगेजी विषय शिक्षकलाई प्रशिक्षण कार्यक्रम राखिएको ओबैदुर रहेमान खानले जानकारी दिएका छन्।

त्यसै गरी इस्लामिक प्रशिक्षक गुलाम रसूल फलाही विषय इस्लामको परिचय,प्रशिक्षक जुल्फकार अलिको विषय इस्लामी अवस्था र मानव जीवनमा यसको प्रभाव,के इस्लाम मात्र मुसलमानको धर्म हो, इस्लामका विशेषताहरु अर्को प्रशिक्षक सिराज अहमद साहबको विषय सिरतुन्नबि भाग १, सिरतुन्नबिको अध्धयन का फाइदाहरु लगायत विषयमा विद्यार्थीलाई प्रशिक्षण कार्यक्रम राखिएको जानकारी गराए ।
आइडियाल पब्लिक सेकेण्डरी स्कूलमा रहेका कक्षा १ देखि १२ सम्ममा अध्यापन गराउने शिक्षकलाई तालिम दिएको हो ।
आधारभूततह कक्षा १ देखि ३ सम्म अग्रेजी,गणित,नेपाली लगाएत बनेको पाठयक्रम सहित ५ वटा विषयहरुलाई एकीकृत रुपमा कसरी शिक्षण गराउने,पाठ्यक्रम,पाठ्यपुस्तक र शिक्षाको निर्देशिकालाई एकीकृतगरी गुणस्तरिय शिक्षा प्रदानगर्ने तालिमको मुख्य उद्देश्य रहेको सहयात्रा परियोजना संयोजक बद्रे आलम खानले बताए ।
उनले भने ‘पाठ्यक्रम,विद्यार्थी कार्यपुस्तक र शिक्षक निर्देशिकाको अन्तर सम्वन्ध तथा प्रयोगका बारेमा सहभागिहरु स्पष्ट भएका छन् । गुणस्तरिय शिक्षा लिन र दिनकालागि आवश्यकता पर्ने विभिन्न ज्ञान सिपहरु तालिममा सिकाइएको उनले बताए ।’
एकिकृत पाठ्यक्रम संरचना,विशेषता,राष्टिय उद्येश्य,तहगत सक्षमता,विषयगत सिकाई उपलब्धी तथा सहजिकरण गरिएको तालिमका प्रशिक्षक मुनीर अहमद खानले बताए । उनका अनुसार अग्रेजी,गणित,नेपाली विषयहरु माथि शिक्षक तथा विद्यार्थीहरुलाई सहजताहुने किसीमको वातावरण बोली चालि सहित समुदाय स्तरमा गुणस्तरिय शिक्षा प्रदान गराउनकै लागि तालिम दिएको र तालिमका सहभागिहरुले सिप हासिल गरेको बताएका छन् ।
सहभागीले शैक्षिक सत्रको शुरुमा यस्ता तालिम हुनुपर्ने बताएका छन्। ‘शिक्षकको क्षमता बिकास गर्न यस्ता खाले तालिमलाई निरन्तरता दिनुपर्ने छ । पहिलाका अनुभव त थियो तर यो तालिममा केही नयाँ कुरा सिकेको शिक्षकले बताए ।
यस कार्यक्रममा सहभागी प्रमुख अथितिमा वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, विशिष्ठ अतिथि सिराज अहमद साहब, जुलफकार अलि, अथितीहरुमा मुनीर अहमद खान, वीरेन्द्र नरसिंह श्रीवास्तव, उमर गिरी, ओबैदुर रहमान खान, जमील अहमद जरगर, असलम हलवाई लगायत पत्रकारको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here