डी.के.त्यागी
निर्वाचनको जिकिर आउदै जनतामा एक प्रकारको उत्सुक्ता पैदा हुन्छ । यो यस कारण कि उनी बर्तमान जनप्रतिनिधी बाट दिक्क भएका हुन्छन । नया जनप्रतिनिधी आउन्छन भने त्यसले जनताको हितमा नयानोलौ प्रकारको विकास कार्यहरु गर्छ यो कुृरा बुझी जनता निर्वाचनबाट नयां जनप्रतिनिधी रोज्नेतर्फ लाग्छन तर भन्ने गरिन्छ कि जुन जोगी आए पनि कानै चिरेका हुन्छन नया जनप्रतिनिधी निर्वाचित भएर आउन्छन र त्यसले पनि पुरानो जनप्रतिनिधी अनुसार नै जनतको अहित गर्ने काम शुरु गर्दछन । अहिलेका जनप्रतिनिधी जनताको इच्छा आकांक्ष्ाँ र चाहना अनुसार किन काम गदैनन यो कुरा बुझन खोज्दा पाइन्छ कि बिभिन्न राजनीतिक दलमा गरीव,निर्धन र अतिपिछिडिएको बर्गबट ठूलो संख्यामा राजनितीक कार्यकर्ता कार्य गर्दछन उनीहरु दशकौंसम्म आफ्नो पार्टीकोलागि काम गर्दछन । तर निर्वाचन को समय यिनीहरुलाई निर्वाचन लडने मौका पार्टीले दिदैन उनीको सट्टा पार्टीले धनी सम्पन्नहरुसंग ठूलो रकम असुली गर्छ र त्यस अयोग्य र असक्षम व्यक्तिलाई आफ्नो पार्टी तर्फबाट उम्मेदवार बनाउन्छ । यसरी गरिव निर्धन र अतिपिछिडिएको बर्गका कार्यकर्तालाई निर्वाचन लडन कठिनाई पर्ने परेको हुन्छ । जुन व्यक्ति पार्टीलाई ठूलो रकम दिई टिकट खरिद गरि निर्वाचन लडछ र बिजयी बन्छ । त्यसको एउटै उदेश्य हुन्छ । पहिले आफ्नो लगाानी असुली गर्ने त्यसपछि नाफा कमाउने यसरी सो व्यक्तिले जनताको हितमा काम गर्न सक्दैन । निर्वाचनको समय पार्टीले रकम लिई टिकट बिक्री गरेको तमाम उदाहरणहरु छन जुन व्यक्तिले सम्वन्धित पार्टीको सदस्यता कहिले लिएको थिएन निर्वाचनको समय त्यस धनी व्यक्तिले पार्टीलाई ठूलो रकम सहयोग स्वरुप दिई उम्मेदवार बन्यो त्यसको बुझाई थियो कि सो पार्टीको नेतृत्व बर्गलाई सवै सुख सुविधा प्रदान गरे निर्वाचन सजिलै जित्न सकिन्छ । निर्वाचनको समयमा त्यसले कैयन ठूला महगा होटल बुकिङ गराई नेतृत्व बर्गलाई खाने बस्ने र सुत्ने र अन्य अर्च उपलब्ध गरायो । सवैले नै बुझेको कुृरा हो पार्टीमा नेतृत्व बर्ग अर्थात पार्टीको ठूलो नेतासंग थोरै पनि भोट हुदैन । त्यसको काम मात्र कार्यालयमा बसी पार्टीको कार्यक्रम परिचालन गर्ने हुन्छ । यस कारण व्यस्तताको कारण त्यो जनताको घरदैलोमा तिनीहरु पुग्दैनन । भोट हुन्छ पार्टीको कार्यकर्ताहरुसंग उनी कार्यकर्ता दिनरात जानताको लागि काम गरेका हुन्छन । जव पार्टी अन्य सोच र बिचार भएको व्यक्तिसंग रकम लिई अन्य लाई उम्मेदवारीको टिकट दिई हाल्छ यस बाट नतृत्व बर्गलाई ठूलो फाइदा मिल्छ तर यस बाट पार्टीका कार्यकर्तालाई कुनै प्रकारको फाइदा रहदैन यस समय कार्यकर्ता आफ्ना पार्टी र नेतृत्वको निर्देशनको बिपरीत अन्यलाई निर्वाचनमा जिताउन लुकी छिपी ढंगले काम गर्छ अनि त्यही पार्टीको उम्मेदवार पराजित हुन्छ । अब स्थानीय निर्वाचनको समय नजिकिदै गएको छ । जतिजति निर्वाचनको समय नजिकिदै गएको छ त्यति त्यति बिभिन्न पार्टीमा कार्यकर्ताहरुको सक्रियता पनि बढन थालेको छ । अहिले देखियो भने प्रायः सवै राजनीतिक दलतर्फबाट मेयर,उपमेयर,वडाध्यक्ष पदको उम्मेदवार धनी र सम्पन्न व्यक्तिलाई बनाउने प्रयास सुरु भएको छ । नेकपा माओवादी केन्द्र प्रचण्ड समुहबाट २ जनाले मेयरको उम्मेदवारी पाउन छताड मछाड गरी रहेका छन । यिनी मध्ये एक जनाको बिगतलाई देखियो भने उनी बिकास बिरोधी छन । आफ्नो घरको अगाडीको थोरै भाग बचाउने उदेश्यले दुई तर्फकोबाटो सांधुरो पार्ने गरी सडक पक्की बनाउने तर्फ लागि अफ्नो घर निर्माण गराए र मािथबाट मुख्य सडक च्यापिने गरी अगाडी पारी घर भवन निर्माण गराएको देखिन्छ । त्यस्तै ने स्थिती राप्रपा नेपाल तर्फ पनि छ । यहां पनि मेयर पदको उम्मेदवार धनी सम्पन्न बर्गबाट बनाउने तयारी छ । नेपाली कांग्रेसमा मेयर पदको उम्मेदवारी पाउन घम्साघम्सी छ । यहां पनि टिकट पाउन धनि सम्पन्न बर्गका व्यक्ति अगाडी छन । नेकपा एमाले (ओली) समुह तर्फबाट पनि अल्पसंख्यक बर्गबाट धनी सम्पन्न बर्गको व्यक्तिलाई मेयर पदको उम्मेदवार बनाउन करिव करिव तैयारी पुरा गरी सकेको छ । त्यस्तै नेकपा एमाले माधव नेपाल सम’ह तर्फ यस्तै नै तयारी छ । यस पार्टीले पनि अल्पसंख्यक बर्गका शोषणकारी व्यक्तिलाई मेयर पदको उम्मेदवार बनाउन खोजेको देखिन्छ । नेकपा एमालेको एउटा पुरानो संस्कृति छ । जातिय द्वन्द्व गराई निर्वाचन जित्नु यस कारण त्यसले अल्पसंख्यक बर्गबाट मेयरको उम्मेदवार बनाउने तयारी गरेको छ । नेकपा एमाले को बिगत देखियो भने पाइन्छ कि त्यसले नेपालगन्जमा जातिय दंङ्गा गराई मेयर,उपमेयर दुवै पदमा आफ्नो उम्मेदवार बिजयी बनाएको थियो । अहिले केही मात्र यस्ता साना राजनीतिक दलहरु छन । जुन कि गरिव निर्धन बर्गबाट मेयर पदका उम्मेदवार बाध्यता बस बनाउने प्रयासमा छन । यसको उदेश्य उनीको को हो आफ्नो पार्टीको उपस्थिती निर्वाचनमा देखाउनु । यसरी निर्वाचन प्रक्रिया धनी र सम्पन्न बर्ग तर्फ मात्र लक्षित छ । जनप्रतिनिधी गरीव निर्धन बर्गबाट जव सम्म आउदैनन जनताको हितमा काम कहिल्यै हुन सक्दैन नेपालको निर्वाचन प्रक्रिया आज एक हासो र उपहासपूर्ण बन्दै गएको छ । यस कारण असक्ष्ँम व्यक्ति जहिले पनि जनप्रतिनीधि बन्छ यस कारण त्यस्तो असक्षम व्यक्ति कुनै प्रकारको बिकासको योजना ल्याउन सक्दैन । सरकार जनताको हितकोलागि बिभिन्न योजनाहरु ल्याउन्छ तर अनुभवहीनता र असक्षमताको कारण त्यस्ता जनप्रतिनिधी योजनाहरु कार्यन्वयनमा ल्याउन सक्दैनन अनि सरकारको सवै योजनाहरु असफल हुन्छ । जनप्रतिनिधीहरु सक्षम बनाउने एउटै अस्त्र छ त्यो हो
शिक्षा । अहिले नेपालगन्ज उपमहानगरपालिका भित्र त्यस्ता तमाम जनप्रतिनिधीहरु छन जुन कि निरक्षर रहेका छन ल्याप्चे लगाई अधिकांश काम उनीहरु गर्दछन । सवै कम सहयोगीको भरमा निर्भर छ । यसरी विकास तर्फ लाग्नु छ भने सवै भन्दा पहिले शिक्षित व्यक्तिलाई मात्र उम्मेदवार बनाउने कुरामा पार्टीहरुले जोड दिनुपर्छ । अहिले तमाम क्ष्ँेत्रहरु छन । जहां शिक्षामा बिशेष जोड दिएको छ । पत्रिकाको सम्पादक बन्नकालागि स्नातक तहको शिक्षा हुनु पर्ने अनिवार्य गरिएको छ । त्यस्तै स्कुलको बिद्यालय व्यवस्थापन समितिको अध्यक्ष्ँको लागि १२ कक्षासम्म पढे लेखेको व्यक्ति हुनु पर्ने भनिएको छ तर दुर्भाग्यको कुरा हो कि जनप्रतिनिधीहरुको लागि शिक्षाको निर्धारण गरिएको छैन । यस कारण अव मेयर,उपमेयर,वडाध्यक्ष,वडा सदस्यहरुको शैक्षिक योग्ता निधारण गर्नु पर्ने आवश्यक भएको छ । यस कारण बिभिन्न राजनीतिक दलहरुको सम्भावित उम्मेदवारहरु सक्षम छन कति अयोग्य छन यो कुरा जनताले अहिले देखी नै चिन्तन मनन गर्नु जरुरी छ । जुन व्यक्ति आफ्नो टोल छिमेकका बिकासको बाधक छ उनी मेयर बने कसरी यो नगरको विकास गर्न सकिन्छ ? अहिलेसम्म देखिए अनुसार केही राजनीतिक दल निर्वाचनमा जातीय भवनालाई अगाडी बढाएर चुनाव लडने मनसाय बनाएका छन । नेपालगन्ज शहर भने बहुजातिय, बहुभाषिक, बहुधार्मिक बिभिन्न धर्म, सम्प्रदाय, बिभिन्न जाति,लिङ्ग र बिभिन्न समुदाय बसोवास गर्नेहरुको हो यहां बिबिधतामा एकता छ । यस कारण जनताको हितमा काम गर्ने क्षमता भएको,सवैको सम्मान गर्ने,आपसी भाई चारा स्थापित गर्न सक्ने गरिव,पिछिडिएको बर्गबाट मेयरपदको उममेदवार बनाइए जनताको इच्छा आकांक्षा अनुसार उनीहरु काम गर्न सक्छन । अहिलेसम्म देखिए अनुसार यस नगरमा ऋतुको अनुसार आफ्नो रुप फेर्ने तमाम व्यक्तिहरु छन । जुन कि मेयर बन्ने सपना बोकेका छन । यस्ताहरु सर्प कांचुली फेर्न महिर छन । जसरी छेपारोले आफुनो रंग फेर्छ सोही प्रकार उनी आफ्नो रंग फेर्नमा माहिर छन । एक शव्दमा भन्ने हो भने यिनी बहुरुपिया हुन उनी कुन बर्गको हितैषी हुन कसैलाई पनि थाह हुदैन यिनी मुनाफाखोरहरु हुन यस कारण संधै सवै तर्फबाट फाइदा उठाउन सधै खोज्छन । त्यस्ताहरु कहिले मदभागवत कथा कार्यक्रममा “नन्द के आनन्द भयो जय हो गापाल कि” भजनमा मंत्र मुग्ध भई नाच्दै देखा पर्दछन कहिले हरियो गोलो टोपी शिरमा लगाई अनौठा रुपमा देखा पर्छन । त्यस्ता कार्य सोभा साझा लाई भुक्याउन उनीहरु गर्दै आएका छन । यस्ताहरु नगरका लागि अति नै खतरनाक छन । यस्ताहरुलाई सो राजनीतिक दल अफ्नोपार्टी तर्फबाट मेयर पदको उम्मेदवार बनाए झणिक रुपमा सो पार्टीले ठूलो रकम आवश्य प्राप्त गर्न सक्छ तर पछि पार्टी डुव्ने जस्तो हुन्छ । यस बाट सम्पुर्ण नगरको भविष्य बर्वाद हुन्छ । अगामी समयको नेपालगन्ज उपमहानगरपालिका कस्तो हुनु पर्दछ यस तर्फ जागरुक र सचेत नगरबासीहरुले केही कल्पनाहरु गरे त्यो कल्पनाहरु अवस्य नै साकार ह’न सक्छ त्यो कल्पना यस्तो यस्तो हुनु पर्छ यो शहर गन्दगीबाट पूर्ण रुपले मुक्त होस, लामखुट्टे(मच्छर)निर्मुल शहर होस,यहां ढलको निकास,शिवरको निमार्ण,वाइपास रोड,रिङ्गरोड,जुन गल्ली बाटो अत्यन्तै साधुरो छ यस्तो गली बाटोमा सजिलै दमकल,एम्बुलेन्स,प्रहरीको गस्ती बाहन पुग्न सकोस यस्तो गल्ली बाटो फराकिलो बनाउने सोच बनाउनु पर्छ । नगरमा निःशुल्क एम्बुलेन्स,शव वाहन,अन्तिम संस्कार गर्ने दाउराको व्यवस्था सहित दाउराको समस्या समाधान गर्न आधुनिक बिद्युतीय शव दाह गृहको निर्माण,कव्रिस्तान,शम्सान घाटको सौन्दर्यकरण गरी पार्क बगैचाको निर्माण, अति प्राचिन बेवारिसे. देवालयहरुको जिर्णोद्धार,लागु पदार्थ,,नशालु औेषध मुक्त शहरको स्थापना,स्कुल बिद्यालय देखी १०० मीटरको दुरीमा कुनै प्रकारको रक्सी चुरोटको पसल संचालन नगर्न पाउने व्यवस्था,स्कुल बिद्यालयको नजिक भिडियो गेम लगायत संचालन गर्न नपाउने व्यवस्था, पुराना नाला नालीको स्थानमा नया नालानाली निर्माण,खुल्ला रुपमा रहेको नाला माथि ढक्कन लगाउदै पुराना नाला नालीको सफाई,एतिहासिक तलाउ पोखरीको संरक्षण सम्वर्धन गरी त्यहां बोटिङपार्कहरुको स्थापना, प्रत्येक टोलटोलमा स्वास्थ्य चौकीको निर्माण,सम्वेदनशिल बार्डको मुख्य स्थानमा प्रहरी बिटको स्थापना,नगरमा ग’ढने वाहनहरुको गति निस्चित पार्ने,बिभिन्न वार्डमा शौचालय तथा मुत्रालयको स्थापना, नगर बस सेवा संचालन गरी बिभिन्न वार्डमा नगरवस स्टापको स्थापना, महिलाहरुको सुरक्षाकालागि महिला प्रहरीको सरिचालन,युवाहरुलाई अध्ययन तर्पm रुची बढाउन सवै वार्डंहरुमा पुस्तकालय वाचनालयको स्थापना, स्कुल बिद्यालयहरुमा योग शिक्षा अनिवार्य र वार्डहरुमा योगा केन्द्रहरुको स्थापना, नगरमा रहेका बिभिन्न टोल र सडकहरुको नाम महापुरुषहरुको नामबाट नामाकरण,खेलकुदको विकासकोलागि स्कुल बिद्यालय बीच खेलकुट प्रतियोगिता आयोजना गर्न अनिवार्य, नैतिक शिक्षा र संस्कृत भाषाको प्रचार–प्रसारको लागि योजना, नगरमा छाडा चौपाया माथि नियन्त्रण गर्देै कुकुरहरुको बन्ध्याकरण, जीर्णशीर्ण कच्चीबाटोलाई पक्की बनाउने पक्की बनाउन नसके बाटोको खाल्डा खुल्डीहरु पुर्ने, बालबालिकालाई दुर्घटनाबाट बचाउन स्कुल बिद्यालय पढने बिद्यार्थीहरुलाई यातायात नियमको ज्ञान, नगरमा बालमजदुरी रोक्नमा कडाई, हराभरा शहर निर्माणको लागि नगरमा बृक्षारोपण, बायू–प्रदुषण नियन्त्रण,सवै वार्डहरुमा गौशालाको निर्माण,बार्षिक १ लाख भन्दा कम आय गर्ने परिवारकोलागि बिद्युत,खानेपानी र स्वास्थ्य सेवा निशुल्क,बेरोजगारले रोजगार नपाएसम्म बेरोजगारी भत्ता उपलब्ध गराउने,यस नगरमा बिभिन्न अव्यवस्थाहरु कयमै छन । यो सवै अव्यवस्थाहरुलाई एकै साथ हटाउन सकिदैन तर यसकालागि अहिले नै दूरदृष्टि अपनाई नया“ सोचका साथअगाडी बढनु जरुरी छ । यस्ता कार्य गर्ने क्षमता कुन पार्टीको उम्मेदवारमा छ यो जाच्नु र पर्खनु अहिले देखी नै जरुरी छ । निर्वाचनको समयमा बिभिन्न प्रकारका नाराहरु लगाउदै उम्मेदवार भोट माग्न हामी सवैको घरदैलोमा पुग्छन र हामी तपाईलाई धेरै रकम दिएर किन्ने प्रयास पनि गर्दछन । कोही बिभिन्न प्रलोभनहरु हामी सवैलाई दिन्छन उनीको चिल्लो कुरातर्फ लागे सहजै ठगिन्छौ यस कारण थोरेै क्षणिक फाइदा लिने तर्फ नलागौ आफ्ना भविष्यको कर्णधारको भविष्य उज्जल पार्न इमानदार जनप्रतिनिधी रोज्ने प्रयास अहिले देखी नै सुरु गरौं ।
कसले हाम्रो इच्छा र आकांक्षा अनुसार काम गर्न सक्छ उनीको क्ष्ँमता तौलने प्रयास गर्नमा लागौं । ति उम्मेदवार हामीलाई आफ्नो प्रभावमा लिन आउन्छन भने प्रश्न राख्नुस कि तपाई संग यस नगरमा काम गर्ने योजना के–के छ । सन्तुष्ट उत्तर त्यतांबाट आउदैन भने त्यस्तालाई अफ्नो घरदैलोबाट धपाउने हिम्मत आफुमा पैदा गर्नु पर्छ । अहिले यहां यस्ता बिभिन्न संभावित उम्मेदवारहरु देखा पर्न थालेका छन जुन मेयर हुनु भन्दा अघि नै जनता अगाडी आखा तेर्साउदै कोही व्यक्ति भारतीय सीमा बजारबाट एक सय रुपैया बरावरको मालसमान लिएर आउछ भने त्यस्तालाई चर्को घाममा उभ्याई बेइज्जत गर्नोस र एक सय मुल्यको सरसमानबाट कडाईले भन्सार राजश्व शुल्क असुली गर्नूस यस्तो द’स्साहस प’र्ण बोली बोल्न स’रु गरेका छन भंसार कार्यालयले बिगत देखी नै नागरिकलाई भारतीय सीमा बजारबाट एक हजारको मूल्य बरावर को दैनिक उपभोग्य सामाग्री ल्याउने सुविधा दिएको छ । तर अदुरदर्शि,असक्षम यस्ता व्यक्ति आफ्नो मुखमा लगाम नलगाई जथाभावी ढंगले जनतमाथि भुक्न सुरु गरेका छन । अब तपाईहरुले नै सोच्नुस यस्ता व्यक्ति मेयर बने पछि नागरिकलाई कति मर्कामा पार्नेछन ? भखरै यसै व्यक्तिको इसारामा सीमानाकामा कडाई गर्ने कार्यक्रमको आयोजना गरिएकोे छ । तपाईहरुले उनी मेयर पदका सम्भावित उम्मेदवार संग प्रश्न गर्नोस तपाईले आफ्नो कपडा पसलमा क्यारियरबाट कपडा भंसार छलेर मगाउने, सरसमान भन्सार राजश्व छलेर ल्याउने,१०–१५ हजारको महगो मुल्यको सारीलाई भन्सारलाई अनुचित प्रभावमा पारेर सो सारीलाई लुङ्गी उल्लेख गरेर मगाउने,८–१० हजारको सलवार सुटलाई २–३ सय मुल्यको फ्राक उल्लेख गराई मगाउने,र महगो मूल्यका कपडा रातारात तस्करी बाटोबाट ट्रकबाट मगाउने कार्य कति जायज छ त ? यसरी तपाईले जब गरिव,निर्धन,बर्गलाई मर्कामा पारि सीमामा कडाई गर्नु पर्ने वकालत गर्नु हुन्छ त्यस्ता बर्गको अगाडी एउटा औला उठाउनु हुन्छ भने ४ ओटा औलाहरु तपाईको तर्फ उठी गल्तीहरु देखाई रहेको हुन्छ । यस कारण भ्रष्ट व्यापारीलाई मेयर जस्तो गरिमामय कुसीतर्फ देख्ने मौका कसैले दिनु हुदैन । यस्तो मौका त्यस्तालाई दिइन्छ भने यो नगर विकास तर्फ होइन अवनति तर्फ लाग्छ । अव स्थानिय निर्वाचन होस वा संसदीय निर्वाचन सवै निर्वाचन गरीव,निर्वल,शिक्षित, बर्ग तर्फ लक्षित रहुनु पर्दछ । यस्तो माग चारै तर्फबाट अब उठनु पर्ने जरुरी भई सकेको छ ।