१ असोज, नेपालगञ्ज । सनातन धर्मावलम्बीहरुको महान पर्व गणेश चतुर्थी अन्तर्गत स्थापना गरिएका गणेश प्रतिमा मंगलवार विसर्जन गरिएको छ ।
१० दिनसम्म गणेश प्रतिमाको पुजाआराधना गरेपछि बाजागाजा सहित जुलुसको आयोजन गरि सो प्रतिमा नदीमा भक्तिभावपूर्वक विसर्जन गरिएको हो ।
नेपालगञ्जको त्रिभुवन चोक, सदरलाईनमा भगवान श्री गणेशजीको पण्डाल सजाइ भक्तिभावपूर्वक पूजाअर्चना गरिएको थियो ।
वैदिक सनातन धर्ममा श्रीगणेशजीलाई प्रथम देउता मानिएको छ । यसै कारणले कुनै प्रकारको पुजा अनुष्ठान गर्दा भगवान गणेशको सबैभन्दा पहिले आव्हान गरी उपासमा गर्ने परम्परा छ । गणेश चतुर्थी पर्वमा भगवान गणेशजीको पुजाआजा गरे यसबाट मनोवाञ्छित फलको प्राप्ति हुने जनविश्वास रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here